site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको चुनौती– एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी गरेका छन् ।

एक्लै लड्ने आँट नभएपछि सत्तारूढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको जिकिर गरे । शनिबार नेकपा (एमाले) महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरूले नसक्ने कुरा सबैलाई थाहा भएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दाबी समेत उनले गरे ।

आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै उनले भने, “म सुन्दै छु– मोर्चाबन्दी गर्छन रे ! एमालेसँग एक्लै लड्न सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लड्न कोही सक्दैन, सबैलाई थाहा छ । त्यसकारण मिलाउने अरे, मिलेर लड्ने रे ! एक/एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जनजति नै त भयो होला नि, होइन ? एक/एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १२० होइन ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नामसमेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद त्यतिजना मिलेर एमालेसँग लड्ने ? उहाँहरू कुरामा लड्न सक्नुहुन्छ, काममा होइन । मैदानमा होइन, व्यवहारमा होइन ।”

अध्यक्ष ओलीले माधवकुमार नेपाललगायत केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको दोहो¥याए । “अब चिन्ता गरेर बस्ने होइन । म कमरेडहरूलाई भन्न चाहन्छु– एक–दुइटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन,” उनले भने, “एक/दुईटा पात पहेँलिएर झर्छन् । रुखले पीर मानेर बस्छ ? अर्को टुसो हालिहाल्छ नि । देख्नु भएन कमिटीहरूको टुसो पलाएको ? महिलाहरू कसरी जाग्दै छन् । युवाहरू कसरी जाग्दै छन् । नयाँ–नयाँ पालुवाहरू पलाउँदै छन् । नयाँ–नयाँ हाँगाहरू हाल्दै छन् । अझै मजबुत् वृक्ष हाँगा फैलिँदै छन् । उचाइतिर जाँदै छ ।”

उनले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरूलाई सत्ताबाट हटाइएको पुनः उल्लेख गरे । आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

माधव नेपालहरूलाई एक/दुईवटा कपालको केशको संज्ञा दिँदै ओलीले उनीहरू ‘हिँड्दा टाउको मुडुलो नहुने’ बताए । “नुहाउँदा खेरी एक–दुइटा कपालको रौँ झर्छ, उनले भने, “जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक–दुइटा कपाल झर्छ । एक–दुइटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ ?”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro