site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय भोलिदेखि कार्यान्वयनमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय भोलि (बुधबार) बाट कार्यान्वयनमा आउने भएको छ । समितिले सोमबार १९ दिन लगाएर तयार पारेको १० बुँदे निर्णयको कार्यान्वयनको जिम्मा ५ जना केन्द्रीय सदस्यहरूलाई दिएको छ ।

निर्णय कार्यान्वयन गराउने जिम्मा आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीले पाएका छन् । निर्णय कार्यान्वयन समितिका सदस्य परियारले आफूहरूले बुधबारबाट काम सुरु गर्ने जानकारी दिए । उनले आफूहरूले पाएको जिम्मेवारीअनुसार काम गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जसमा प्रदेश १ र २ सँग सम्बन्धित निर्णय कार्यान्वयन गराउने जिम्मा ढुंगाना र परियारलाई दिइएको छ । वाग्मती र गण्डकी प्रदेशका लागि घिमिरे र पौडेल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ । 

जिम्वेवारी पाएका नेताहरू क्रियाशील छानबिन समितिमा बसेर काम गरिसकेका छन् । रमेश लेखक नेतृत्वको समितिमा उनीहरू पाँचै जना थिए । 

Global Ime bank

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले साउन ३० गते क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन बमोजिम विवाद रहेका जिल्लाको समस्या समाधान गर्न तीन सदस्यीय समिति बनाएको थियो । कृष्णप्रसाद सिटौला नेतृत्वको समितिमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य थिए । भदौ २ गते प्रतिवेदन बुझाउन भनिएपनि समितिमा देखिएको मतान्तरले सोमबार राति समितिले प्रतिवेदन बुझाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय