site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विन्दुकुमार थापाले मन्त्रीको सुविधा नलिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । शुक्रबार सार्वजनिक ५८ औँ महालेखा प्रतिवेदनले भन्छ, ‘गण्डकीका मन्त्रिहरुले ऐनविपरित २ लाख ६० हजार रुपैयाँ भत्ता लिएका छन् ।’

तत्कालीन नेकपा सरकार रहँदा प्रदेशका सात मन्त्रीले उक्त भत्ता ऐनविपरित लिएका थिए । महालेखा परिक्षकको प्रतिवेदनमा ऐनविपरित भत्ता लिएको खुलासा गरिएको छ ।

तर, गण्डकीमा नै सांसद भएयता ऐन अनुसार पाउने सुविधा नलिने सांसद पनि छन् । उल्टै आफूले पाउने सुविधामा व्यक्तिगत रकम थपेर सामाजिक क्षेत्रमा खर्च गर्ने सांसद पनि छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा सांसद निर्वाचित भएयता आफूले पाउने सुविधा लिएका छैनन् । विगतमा उनले पत्रकार सम्मेलन गरेर आफूले पाउने सुविधा जनताको विकास र सेवामा खर्च गरेको सार्वजनिक गरेका छन् ।

२०७५ सालमा उनले १० लाख ५४ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेका थिए । त्यतिबेला उनले सांसदको हैसियतमा ७ लाख रुपैयाँ ९ हजार रुपैयाँ पाउँथे । उक्त सुविधामा व्यक्तिगत साढे तीन लाख रुपैयाँ थप गरेर जनताको सुविधा तथा सामाजिक क्षेत्रमा खर्च गरेका थिए ।

Royal Enfield Island Ad

२०७६ सालमा पनि उनले प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका थिए ।

अहिले उनै थापा प्रदेशको मन्त्री बनेका छन । मन्त्री बनेपछी आवास सुविधा नलिने निर्णय गर्दै आफ्नो निवास नै भेटघाटको लागि खुला गरेका छन् ।

आफूले व्यक्तिगत सुविधा नलिने, पाउने सुविधा जनताका लागि खर्च गर्ने प्रतिबद्धता उनले दोहोर्याएका छन् । शनिबार उनले पोखरा ३३ भरतपोखरीका युवालाई व्यक्तिगत खर्चमा १५ थान भलिबल र जाली हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामाग्री आफूले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराए ।

उनले भने, “म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफूले पनि थपेर सामाजिक सेवा सँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु । मन्त्री भइसकेपश्चात पनि यो क्रम निरन्तर चलिरहेको छ । नागरिकका हरेक सुखदुःखमा म सँगै छु । गफ मात्र नभई काममा विश्वास दिलाउने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

मन्त्री थापाले नेपाली कांग्रेसको सरकार आएपश्चात पोखरा ३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोही अनुरुपको काम भइरहेको बताए । उनले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व हुनु सबैको जीत भएको दाबी गरे ।

सरकारी निवास समेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफू समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।

पोखरा २१ र ३३ नम्बर वडा दुर्गम वडा भएको उल्लेख गर्दै मन्त्री थापाले उक्त क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए । उनले आगामी निर्वाचनमा लक्षित हुने गरी आफ्ना कामकारबाहीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको प्रति जोड गरे ।

उनले नेपाली कांग्रेसको महाधिवेशन जुनसुकै समयमा पनि हुने भएकाले पूर्वतयारी अप्नाउन कार्यकर्तालाई आग्रह गरेका छन् । क्षमताअनुसारको जिम्मेबारी दिने गरी यसपालीको महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याए ।

संघीय सरकारमा अवसर पनि राम्रा भएकाले त्यही अनुरुपको प्रचारप्रसारमा दौडिन मन्त्री थापाले अनुरोध गरेका छन् । गण्डकी प्रदेश केपी शर्मा ओलीको राम्रै पकड भएको क्षेत्र भए पनि त्यसलाई भत्काउन कांग्रेससहितको गठबन्धन सरकार सफल भएको तर्क उनको छ ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा ३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले मन्त्री थापालाई कांग्रेसको साख जोगिने गरी काम गर्न आग्रह गरे ।

मन्त्री थापाको विषयमा आफूले धेरै गुनगान सुनिरहेको र यसलाई यथावत राख्ने गरी कामबाट गति लिनुपर्ने आवश्यकता रहेको प्रति उनको जोड थियो । आगामी निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित हुने गरी काममै ध्यान दिनुपर्ने विषयलाई उनले उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस पोखरा ३३ भरतपोखरीका पूर्वसभापति भोजराज आचार्यले अघिल्लो सरकारले नगरेका काम अहिलेको सरकारले गरेर देखाएको दाबी गरे ।

उनले भने, “सरकार परिवर्तन भएको धेरै समय भएको छैन । तर कांग्रेस नेतृत्वको सरकारबाट देखिने गरी नै उल्लेखनीय काम भएका छन् । यसको मूल्यांकन हुनुपर्ने आवश्यकता छ ।”  पोखरा ३३ मा सरकार परिवर्तन भएपश्चात राम्रा परियोजनाहरुले गति लिइरहेको भनाइ उनको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro