site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
हस्ताक्षर संकलन गर्दै माधव नेपाल पक्ष, निर्वाचन आयोग जाने तयारी
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदै छ । अहिले काठमाडौंस्थित अर्याल होटेलमा उनीहरू रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग जाने उनीहरूको तयारी छ । उनीहरूले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् ।

Dabur Nepal
NIC Asia

नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी गरिएको छ ।

हस्ताक्षर संकलनस्थलमा स्थायी कमिटी सदस्यसमेत रहेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उपस्थित भएका छैनन् । यस्तै, विघटित कार्यदलमा रहेका कोही पनि नेता त्यहाँ छैनन् ।

उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । त्यससँगै कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्‍याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro