अर्थ व्यवसाय
काठमाडौं । राउन्ड टेबल नेपालको अध्यक्षमा आनन्द बाहेती चयन भएका छन् । यो गैरनाफामूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ ।
संस्थाको वार्षिक साधारण सभाले बाहेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा राहुल अग्रवाल, सचिवमा गोविन्द घिरइया, कोषाध्यक्षमा सुसान्त चाचान् चयन भएका छन् । यस्तै, सम्पादकमा विमल बेद र शौरभ केडिया कार्यसमितिमा चयन भएका छन् ।
राउन्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८ १९:३३
प्रतिक्रिया दिनुहोस्