राजनीति
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा रहेका दुई जना मन्त्रीले पनि राजीनामा दिने तयारी गरेका छन् ।
यसअघि मंगलबार बेलुका एक जना मन्त्रीले राजीनामा दिइसकेका छन् ।
पोखरेल नेतृत्वमा रहेका भौतिक तथा पूर्वाधार मन्त्री सन्तोष पाण्डेले पार्टीको निर्णयअनुसार भन्दै राजीनामा बुझाएका थिए ।
त्यसैगरी पोखरेल नेतृत्वमा रहेका कृषि मन्त्री विजय यादव र वनमन्त्री कल्पना पाण्डेले पनि राजीनामा दिन लागेको स्रोतले जानकारी दिएको छ ।
जनता समाजवादी पार्टीका नेतासमेत रहेका उनीहरु सरकारमा सहभागी भएपछि पार्टीलाई कारबाही गरेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८ ०९:४२
प्रतिक्रिया दिनुहोस्