site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक आज सकिँदै 

काठमाडौं । ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिक आज सकिँदै छ । जापानमा जारी विश्व खेलकुदको कुम्भमेला एक विशेष समारोहबीच समापन गरिनेछ ।

टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार ३०० भन्दा बढी खेलाडीको सहभागिता रह्यो । समापन समारोहमा ३३औँ संस्करणको आयोजक राष्ट्र फ्रान्सलाई झन्डा हस्तान्तरण गरिनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।

अन्तिम दिनको प्रतियोगिता चलिरहँदा पदक तालिकामा अमेरिकाले अग्रता बनाएको छ । अमेरिका ३९ स्वर्णसहित ११२ पदक जितेर तालिकाको शीर्ष स्थानमा छ । चीनले अमेरिकालाई पछ्याइरहेको छ । चीनले ३८ स्वर्णसहित कुल ८७ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्णसहित ५८ पदक जितेको छ ।

त्यस्तै, ग्रेट ब्रिटेन २१ स्वर्णसहित ६४ पदक जितेर चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्णसहित ७० पदक जितेर पाँचौँ स्थानमा छ ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।  सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro