site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षक महासंघ रिले अनसनमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ३४ बुँदे मागसहित चौथो चरणको आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले अहिले माइतीघरमा रिले अनसन गरिरहेको छ । महासंघका केन्द्रिय सदस्यसहित २० शिक्षक माइतीघरमा बिहान ८ बजेबाट अनसन बसिरहेका छन् । 

भक्तपुरबाट आएका शिक्षक रत्न सुनार राहत कोटाका शिक्षक हुन् । ह्विलचियरमा बसेर भक्तपुरदेखि आएका सुनार कक्षा ५ देखि ८ सम्मका विद्यार्थीलाई कम्प्युटर साइन्स पढाउँछन् । ०६५ सालदेखि शिक्षण पेशामा लागेका उनी राहत शिक्षकलाई मावि र बालकक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी महासंघसँग भएको सम्झौता बमोजिम शिक्षक सेवा आयोगमार्फत् उमेरको हद नलाग्ने गरी आन्तरिक र खुला प्रतियोगिताबाट स्थायी गर्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “हामीलाई अन्य सरह आन्तरिक र खुला प्रतियोगिताबाट स्थायी गर्नुपर्छ । उमेर हदबन्दी हटाउनुपर्छ ।”

Agni Group
NIC Asia

आजै महासंघले ७५३ पालिकामा रिले अनसन गरिरहेको छ । जसमा तीनजना शिक्षक सहभागी छन् । यस्तै, ७७ वटा जिल्लामा रिले अनसन भइरहेको छ, जहाँ ५ जना शिक्षक बसिरहेका छन् भने ७ प्रदेशमा १० जना अहिले रिले अनसनमा बसिरहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

उनले आन्दोलनको बारेमा जानकारी दिँदै भने महासंघले मागेको खोपको व्यवस्थापनबाहेक अन्य मागको सम्बोधन भएको छैन । “त्यसैलाई दबाब दिन वैशाख २० बाट चौथो चरणको आन्दोलन गरिरहेका छौँ,” उनले भने, “सरकराले पूर्णता नपाएकोले शिक्षा मन्त्री पनि नभएको अवस्थामा केही दिनभित्र प्रधानमन्त्रीलाई भेटेर दबाबमुलक काम गर्नेछौँ ।”

Global Ime bank

यस्तै, कांग्रेस निकट शिक्षकहरुले सर्वोच्च अदालतमा निजामति कर्मचारीसरह सेवा सुविधा र विभेद अन्त्यको माग गर्दै रिट दायर गरेका छन् । यसबारेमा महासचिव सुवेदी शिक्षक महासंघले त्यसतर्फ चासो नदिएको बताए । भन्छन्, “शिक्षकलाई आकर्षक सेवा सुविधा दिनुपर्छ भनेर आन्दोलनमा लागिरहेको हामी न्यायिक उपचारको लागि अहिले जाँदैनौ ।” ०७५, फागुन ९ गते शिक्षा मन्त्रालय र महासंघबीच भएको सम्झौतामा शिक्षकलाई निजामति कर्मचारीभन्दा आकर्षक सेवा सुविधा हुने सम्झौता भइसकेकाले त्यसैमा अडिग रहने उनले बताए ।
 
आगामी शुक्रबार शिक्षकले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिँदैछन् । शिक्षकको मागको सम्बोधन नभएमा सबै ठप्प पारेर राजधानी केन्द्रित भई निर्णायक आन्दोलन गर्ने महांसघले चेतावनी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu