site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संखुवासभा २८० रोपनी जग्गा अपचलन मुद्दा : विशेष अदालतको फैसला सर्वोच्चबाट सदर

काठमाडौं । नक्कली पुर्जा बनाउँदै संखुवासभाको दुई सय ८० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नेहरू सर्वाेच्च अदालतबाट पनि दोषी ठहरिएका छन् । ११ वर्षअघि सरकारी जग्गा त्यसरी दर्ता भएपछि नागरिकस्तरमा विरोध भयो । त्यतिबेलै जग्गा दर्ता गर्ने मालपोत अधिकृतले नै दर्ता खारेज गरे ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० असारमा ‘कीर्ते’ गरी सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा चैनपुर मालपोत कार्यालयका सबै कर्मचारी, लेखापढी व्यवसायी, जग्गा दर्ता गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले संलग्नमध्ये केहीलाई सफाइ र धेरैजसोलाई दोषी प्रमाणित गरेको थियो । उक्त फैसलाबाट असन्तुष्ट पक्ष सर्वाेच्च अदालतमा पुनरावेदन गए । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार विशेष अदालतको फैसला सदर गरेको छ ।

विशेष अदालतबाट सफाइ पाएका पाँचजनाको हकमा अख्तियारले गरेको पुनरावेदन दाबी नपुग्ने फैसला सर्वाेच्च अदालतबाट गरेको छ ।

अख्तियारले संखुवासभा नुनढाकी–७ स्थित दुई सय ८० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा तत्कालीन मालपोत प्रमुख सीताराम पौडेल, खरिदारहरू कमलबहादुर ढुंगेल र गुणराज पोखरेलसहित सबै कर्मचारीविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । 

सरकारी जग्गा आफ्नो नाममा गरी स्रेस्ता पुर्जा बनाउने संखुवासभा नुनढाकी–८ का पुण्यप्रसाद लिम्बू, झकबहादुर लिम्बू, शंकरकुमार लिङथे, लोकबहादुर लिम्बू, पासाङ शेर्पा गरी पाँचजनालाई पनि अभियुक्त बनाएको थियो ।

लेखापढी व्यवसायीहरू केदार पौडेल, गोपाल पौडेल र रामप्रसाद भट्टराईलाई पनि प्रतिवादी बनाइएको थियो । विशेष अदालतले पाँचजनाबाहेक अधिकांश प्रतिवादीलाई दोषी ठहर हुने फैसला गरेको थियो । विशेषबाट दोषी ठहर भएकाहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro