site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नाबालिका बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर जेल चलान

विराटनगर । घरमै राखेकी नाबालिकालाई पटक पटक बलात्कार गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई पुर्पक्षका लागि जेल पठाउन अदालतले आदेश दिएको छ ।

उनीमाथि १५ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोप छ । शिवाकोटी नेकपा एमालेको कोसी प्रदेश कमिटी सदस्य पनि हुन् । सोमबार जिल्ला अदालत झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । अदालतका स्रेस्तेदार किरणकुमार सिंहले थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको बताए ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई जबरजस्ती पटक पटक करणी गरेको आरोपमा मंसिर २४ गते उनी पक्राउ परेका थिए । तर, बिरामी भएको भन्दै बीएण्डसी अस्पतालमा भर्ना भएका थिए ।

भारतको आसाम घर भएकी पीडित बालिका बुबाआमाको निधनपछि बिर्तामोडमा हजुरआमासँग बस्दै आएकी थिइन् । उनैले नेपाल ल्याएर भरणपोषण गर्दै आएकोमा पछि पीडित ‘अनारमनी २१ (नाम परिवर्तित)लाई संरक्षण गरेर पढाइ दिने भन्दै पूर्वमेयरले जिम्मा लिएका थिए । तर, घरमा कोही नभएको मौकामा पटक पटक जबरजस्ती करणी गर्न थालेपछि बालिका काकरभिट्टा नाका हुँदै आसाम फर्कन लाग्दा प्रहरीले उद्धार गरेको थियो । त्यसपछि घटनाबारे प्रहरीलाई बताएकी थिइन् ।

शिवाकोटीलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागसहित अदालतमा मुद्दा दायर भएको छ ।

 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro