site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैलुङखोला जलविद्युत्को आईपीओ साउन १४ देखि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीले यही साउन १४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर बिक्री गर्न अनुमति पाएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आयोजना प्रभावित स्थानीयलाई यसअघि नै सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले कुल निष्कासनमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उक्त सार्वजनिक निष्कासनमा  छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिने सकिनेछ । आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

Royal Enfield Island Ad

आईपीओ निष्कासनको लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिट्टै पूरा गर्न नसक्ने जनाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro