site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाल आइडल सिजन–४ सुरु हुँदै, यसअघिका तीनजना निर्णायक नै नरहने 

काठमाडौं । नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएका छन् । केही महिना पछि सुरु हुने आइडको सिजन–४ मा पुराना निर्णायकहरुले निरन्तरता नपाउने भएका हुन् । 

यसअघिका निर्णायकहरु अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भइसकेकाले उनीहरुलाई निरन्तरता दिन नसकिने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

Dabur Nepal

“उहाँहरु अरु नै शोमा गइसकेपछि उहाँहरुले निरन्तरता पाउने कुरा भएन,” निर्देशक पौडेलले भने, “उहाँहरु तीन जना नै दोहोरिनु हुन्न । तर, अब आउने जज को हुन्छ भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन ।” 

नेपाल आइडलको पहिलो सिजनबाट तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । 

उनीहरु अहिले ग्लोक्सी फोके टेलिभिजनबाट प्रशारणको तयारीमा रहेको म्युजिकल रियालिटी शो सारेगम लिटिल च्याम्प्समा निर्णायकमा आबद्ध भइसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro