site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भानु साहित्य उद्यानका अध्यक्ष भट्टराईको निधन

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घाको विकासका निम्ति स्थापित भानु साहित्य उद्यानका अध्यक्ष एवं पूर्वगृहसचिव तथा साहित्यकार विजयराज भट्टराईको निधन भएको छ । यही माघ २१ गते (सोमबार) उनको निधन भएको साहित्य उद्यानका कोषाध्यक्ष एवं कवि मुकुन्द पौडेलले जानकारी दिए ।

भट्टराईको सुझबुझ र अनुभवयुक्त नेतृत्वमा साहित्य उद्यानमा काम गर्न पाउनु आफ्ना निम्ति अहोभाग्य भएको पौडेलले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

भट्टराईको निधनले आफूहरूलाई मर्माहत तुल्याएको उद्यानका सल्लाहकार काशीराज आचार्य र कोषाध्यक्ष पौडेलले बताएका छन् ।

पौडेलका अनुसार, भट्टराईको जन्म वि.सं. २००५ सालमा तनहुँको भानु नगरपालिकास्थित सिंपानीमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro