site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नपर्खिने नीतिमा ओली, खनाल–नेपाल समूह भन्छ– वातावरण नै बिग्रियो
तस्बिर : हरिशजंग क्षेत्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा एमाले सर्वोच्च अदालतको फैसलापछि पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष नआए पनि अघि बढ्ने नीति लिएको छ । आज मात्रै खनाल–नेपाल समूहको अनुपस्थितिमा च्यासलस्थित तुल्सीलाल भवनमा स्थायी कमिटी बैठक बस्यो ।
 
बैठक सुरु भएको करिब आधा घण्टापछि खनाल–नेपाल समूहका कार्यदलमा रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक रोक्न माग गर्दै बैठकस्थल पुगेका थिए । 

उक्त समूहको तर्फबाट कार्यदलको संयोजक रहेका भीम रावलका अनुसार सुरुआतमा नै ओलीले हस्ताक्षर नगरी बैठकमा बोल्न नमिल्ने बताएका थिए । तर, रावलले कार्यदलको संयोजक र पार्टीका उपाध्यक्षको हैसियतले बोल्न दिन माग गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली राजी भएका थिए ।  

सो क्रममा रावलले स्थायी कमिटी र संसदीय दलको बैठक रोकेर नेता नेपालसँग छलफल गर्न आग्रह गरेका थिए । 
तर, ओलीले बैठक जारी रहने भन्दै कार्यसूचि अघि बढाउन निर्देशन दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसपछि आफूहरु बैठकमा सामेल नुहेन भन्दै कार्यदलका सदस्यहरु बैठकस्थलबाट बाहिरिएका थिए । 

बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले खनाल–नेपाल पक्षको आग्रहमा बैठक रोकिएको तर अब बैठक रोक्न नसक्ने बताए । 

Royal Enfield Island Ad

“हामीले उहाँको आग्रहमा अदलातको फैसला आएको दिन नै बैठक स्थगित गर्यौैं । बैठकमा भोलि हामी सबै आउँछौं भनेर पार्टी उपाध्यक्ष भीम रावलले भन्नुभयो । २९, ३० गते पनि बैठक बसेन । सधैं बैठक रोकिरहन सम्भव हुँदैन । पार्टी आफ्नो ढंगले अघि बढ्छ । कार्यदलका सुझावहरु कार्यान्वयन गर्ने क्रममा हाम्रा छलफलहरु जारी रहन्छन् । पार्टी आफ्नो गतिमा, लयमा, निर्णयमा चल्दै अघि बढ्छ । अनन्तकालसम्म पर्खेर बस्न सम्भव हुँदैन्,” रावलले भने ।
 
भंग भयो कार्यदल 
बैठकले पार्टी एकताका लागि कार्यदलले दिएको १० बुँदे सुझावलाई पारित गरेको छ । उक्त सुझाव पारित गर्दै कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएर कार्यदल विघटन गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । 
पार्टी विवाद समाधानका लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । उक्त सहमति पछि कार्यदलका सदस्यहरुले प्रतिवेदन ओली र नेता नेपाललाई बुझाएका थिए ।
 
सरकारलाई विश्वासको मत नदिने निर्णय 
बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । बैठकले सरकारको विपक्षमा उभिन नेताकार्यकर्तालाई निर्देशन पनि दिएको छ । 

“यो बैठकको सबैलाई निर्देशन छ, यो सरकारको विपक्षमा उभिने, प्रतिपक्षीको भूमिकामा रहने,” बैठकपछि ज्ञवालीले भने । 

खनाल–नेपाल समूह भन्छ– ओलीको छुद्रताले वातावरण नै बिग्रियो 
खनाल–नेपाल समूहले बालुवाटार छाडेर बालकोटमा पुगेपछि दिएको अभिव्यक्तिले एकताको वातावरण विग्रिएको निष्कर्ष निकालेको छ ।
 
ओलीले निवास बालकोट पुगेर नेता नेपाललाई पार्टीमा ठाउँ नै नभएको अभिव्यक्ति दिएका थिए । “नेता भइसकेपछि कस्तो बोल्ने व्यवहार गर्ने भन्ने त हुनुपर्यो नि । छुद्र तरिकाले बोलेर पार्टी एकताको कुरा गर्ने ? यसले वातावरण नराम्रोसँग बिग्रियो । मिलेर जाऔं भन्दा पनि मिल्ने खालको, स्वभाव, शैली, व्यवहार पटक्कै देखिएनन् । यस्तो अवस्थामा बैठकमा जाने कुरा भएन्”, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बाह्रखरीसँग भनिन् । 

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro