site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ह्यापी प्रेगनेन्ट लेडी’ प्रियंकाको योजना 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हरेक आमाले आफ्नो सन्तान विशेषगरि छोरीहरुलाई बारम्बार भन्ने डायलग ‘त आफैं आमा बनेपछि थाहा पाउँछेस्’ । अभिनेत्री प्रियंका कार्की पनि अहिले आमाले भन्ने गरेको यही डायलग बारम्बार सझिरहन्छिन् । 

आफ्नो गर्भमा एउटा नयाँ जीवनलाई हुर्काउँदै गरेकी उनमा यो सम्झना आउनु स्वभाविक पनि हो । आफू आमा बन्दै गर्दा उनी आफ्नो बाल्यकाल अनि किशोरावस्था र आमाबीचका ती दिनहरु याद गर्ने गर्छिन् । भन्छिन्, “म सानैदेखि धेरै पिकी थिएँ । ममीले भनेको नमान्दा वा केही कुरा विगार्दा अनि ममीले माया गरेर खाना खुवाउँदा यो खान्न त्यो खान्न भन्दै जिद्दी गर्थें । अनि ममीले जहिले भन्नु हुन्थ्यो, तिम्रो आफ्नै सन्तान भएपछि थाहा पाउँछेस्,” उनी थप्छिन्, “त्यो बेला कति एउटै कुरा भनिराख्नु भएको होला जस्तो लाग्थ्यो । तर, अहिले मैले बुझेँ, हो मेरो सन्तानबाहिर आइसकेको छैन तर मेरो गर्भमा आठ महिनादेखि हुर्काइरहँदै मैले आमाको त्यो भावना बुझिरहेको छु ।”

आफ्नै शरीरको एउटा अंगको रुपमा नौ महिनासम्म हुर्काएकै कारण आमाले किन आफ्नो सन्तानलाई सबैभन्दा अगाडि राख्दोरहेछ भन्ने आमाको माया र ममता पनि प्रियंकाले बुझ्न थालेकी छिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनी आमा बन्दै गर्दाको त्यो मिठो अनुभवलाई शब्दमा वयान गर्न नसक्ने बताउँछिन् । “म कस्तो महसुस गरिरहेको छु भन्ने कुरा शब्दमा बयान नै गर्न सक्दिन् । मैले मेरो अनुभव सेयर गरेँ भने पनि अर्को व्यक्तिले त्यति बुझ्न सक्दैन । किनभने यो भनेको जसले भोगिरहेको छ उसले मात्रै महसुस गर्न सक्छ । यो एउटा एकदमै अमूल्य अनुभूति हो ।”
सन्तानलाई जन्म दिनु संसारकै सबैभन्दा अमूल्य र खुसीको पल हो भनेर धेरै आमाहरुबाट सुन्ने गरे पनि यो भावना आफैंले अनुभूति गर्दा मात्रै बुझ्न सकिने प्रियंकाको भनाइ छ । 

आमा बन्दै गर्दा एक छोरीको रुपमा आफ्नी आमासँगको सम्बन्ध अझै प्रगाड भएको अनुभव उनले गरिरहेकी छिन् । प्रियंका आफ्नी आमासँग आमाछोरीको मात्रै नभई एक असल साथीको सम्बन्ध पनि छ । 

Royal Enfield Island Ad

क्षणिक सम्बध भन्दैगर्दा प्रियंका र आयुष्मानले बुनिरहेको सुन्दर भविष्य
सामान्यतः  गर्भमा छोरी हो वा छोरा हो भन्ने कुरा आमाबुबाले खुलाउन चाहँदैनन् । तर, प्रियंकाले भने खुलेरै बेबी सावरमा अनि उनले सञ्चालन गर्दै आइरहेको युट्युब कार्यक्रम ‘चपचप डायरिज’मा छोरीलाई जन्म दिन लागेको बताइरहेकी छिन् । 

प्रियंकाको गर्भमा अहिले सानी आयंका हुर्किरहेकी छिन् । उनीहरुले आफ्नो हुनेवाला सन्तान (छोरी)को नाम विवाह अगावै तय गरिसकेका थिए । संसारले आफ्नो र आयुष्मान देशराज जोशीसँगको सम्बन्धलाई क्षणिक हो भन्दै आलोचना गरिरहेका थिए । तर, प्रियंका र आयुष्मान भने आफ्नो हुनेवाला सन्तानको नाम तय गरिरहेका थिए । अर्थात उनीहरु बाँकी जीवनसँगै श्रीमान् र श्रीमतीको रुपमा बिताउने भनेर पक्का थिए । 

“हामीले विवाह हुनुअघि नै छोरीको नाम आयंका राख्ने भनेर प्लान गरिसकेका थियौं । मानिसहरुले हामी र हाम्रो सम्बन्ध गम्भीर छ भनेर सोच्नु भएन तर हामी भने हाम्रो सम्बधलाई लिएर निकै गम्भीर र खुसी थियौं,” प्रियंका भनिन् । 
उनीहरु सोही नाममा फाउन्डेशन खोलेर सामाजिक कार्यमा पनि संलग्न भैरहेका छन् । यस फाउन्डेशनमार्फत उनीहरुले छोरीहरुको पढाई र महिनावारी स्वास्थ्यको विषयमा काम गरिरहेका छन् । 

नकारात्मकताकै बिचमा सकारात्मकताको खोजी
धेरै आलोचना अनि ट्रोलको शिकार बनिरहने प्रियंका पछिल्लो समय सधैं सकारात्मक नै देखिन्छिन् । चाहे अन्तर्वार्ता दिँदा बोली चिप्लेको कारण होस् वा आफ्नो बेबी बम्प देखाउँदै गरेको फोटोसुटका कारण होस्, प्रियंका प्राय ट्रोलको शिकार बनिरहन्छिन् । तर, यसबीच पनि उनी सकारात्मक सोच लिएर आफू र आफ्नो वरिपरिकाहरुलाई खुशी छर्ने प्रयास गरिरहन्छिन् ।  

आफूलाई सकारात्मकतामा दोहोर्याउने हो वा नकारात्मकताले घेरिएर मानसिक तनावमा जाने हो भन्ने कुरा व्यक्ति आफैंमा भर पर्ने उनी बताउँछिन् । 

यदि आफूलाई ती नकारात्मकताबाट टाढा राखेर राम्रो र सकारात्मक पक्षमा केन्द्रित गर्ने हो भने नकारात्मक सोच्ने र पैदा गर्नेहरु पनि एकदिन आफैं आजित हुने उनको बुझाइ छ । 

“हामी दशजनाले गाली गरेको, नकारात्मक कमेन्ट गरेको पढेर निराश हुन्छौं । तर, बाँकी हजारजनाको सकारात्मक कमेन्टलाई वेवास्ता गरिरहेका हुन्छौं । म पनि पहिला त्यस्तै गर्थेँ, यो स्वभाविक मानव आचारण पनि हो । तर, मैले विस्तारै बुझ्न थालेँ हामी नकारात्मकतालाई होइन त्यो सँगै आउने सकारात्मकतामा फोकस हुनुपर्छ । आफू सकारात्मक हुँदै गएपछि नकारात्मकता पनि आफै हराउने रहेछ मैले अहिले बुझेँ ।”

गर्भावस्थाको अमूल्य अनुभव, ह्यापि प्रेगनेन्ट लेडीको ट्याग
प्रियंका हरेकको गर्भावस्थाको अनुभव फरक हुने बताउँछिन् । भन्छिन्, “मेरो केसमा भने मलाई केही शारीरिक समस्या त भए तर मुड स्विंग हुने अनि डिप्रेशन हुने त्यस्तो केही पनि महसुस मैले गरिनँ ।”

उनी अगाडि थप्छिन्, “मलाई चिन्ने मेरा नजिककाहरुले मलाई सधैं ‘ह्यापि प्रेगनेन्ट लेडी’ भन्नुहुन्छ । किनभने म पहिले जति एक्टिभ थिएँ अहिले पनि उत्तिकै एक्टिभ अनि बब्ली छु । मुड स्विङ हुने त्यस्तो केही महसुस गरिनँ ।”
यसको लागि उनी आफूलाई भाग्यमानी ठान्छिन् । 

यसो भनिरहँदा उनले गर्भावस्थामा शारीरिक साथै केही मानसिक तनावहरुसँग लडेका महिलाहरुलाई भने नदेखेको होइनन् । 

कामबाट कहिले पनि ब्रेक लिन्न, बडी इमेजको त्यो कन्सेप्ट
एक पब्लिक फिगर त्यसमाथि पनि अभिनेत्रीको नाताले आकर्षक देखिराख्नु पर्ने दबाब हुन्छ । तर, यो अवस्थामा शरीरको तौल बढ्नु स्वभाविक हो । अरुबेला स्लिम आकर्षक शरीरमा देखिने अभिनेत्रीहरु पनि यो प्राकृतिक प्रक्रियाबाट टाढा रहन सक्दैनन् । 

तर, के यसले प्रियंकाको करिअरमा केही तगारो खडा गर्ला ? अभिनेत्री कार्की त्यस्तो नहुने बताउँछिन् । उनी आफ्नो शारीरिक बनावटलाई लिएर भएको परिवर्तनमा अलिकति पनि तनाव वा दुःखी नभएको बताउँछिन् । 

‘बडी इमेज’ को कन्सेप्ट पहिलको तुलनामा पछिल्लो समय केही फराकिलो भएको उनको बुझाइ छ । “अहिले बडी इमेजको कन्सेप्ट त्यति कडा छैन । पहिले महिला विशेषगरी अभिनेत्रीहरु गोरो वर्ण, टमक्क मिलेको दुब्लो शरीर हुनुपर्छ भन्ने मेन्टालिटीलाई हामीले धेरै पछाडि छोडेर आइसक्यौं,” उनी सकारात्मक सुनिइन् । 

उनी आफूलाई दुब्लोभन्दा पनि फिट राख्ने सोच्छिन् । चलचित्रको कथाले चरित्र माग गर्ने भएकाले हरेक कथामा टमक्क मिलेको शरीर भएकै ‘हिरोइन’ चाहिन्छ भन्ने नभएको प्रियंका बताउँछिन् ।  

आजको समयमा चलचित्र क्षेत्रले पनि तपाईंको शारीरिक बनावट र अनुहारको सुन्दरताभन्दा पनि अभिनय क्षमतालाई प्राथमिकतामा राखिरहेको प्रियंकाको बुझाइ छ । अन्तर्राष्ट्रिय बजारमा यसको अभ्यास भैसकेको र नेपालमा पनि विस्तारै यसलाई आत्मसाथ गर्दै लग्नेमा उनी विश्वस्त छिन् । 

प्रियंका र आयुष्मान आफैं पनि अहिले प्रोडक्सन हाउस खोलेर क्यामेरा अगाडि मात्रैभन्दा पनि क्यामेरा पछाडि बसेर पनि काम गर्न थालिसकेका छन् । उनी अभिनेत्रीका साथै चलचित्र निर्माण र निर्देशन गर्ने तयारीमा छिन् ।

अभिनेत्रीलाई लिएर सेट भएको ‘बडी इमेज’लाई आफ्नै प्रोडक्सनबाट पनि विस्तारै परिस्कृत गर्दै लग्ने र एउटा ल्यान्डमार्क आफैंले निर्माण गर्ने होडमा उनी छिन् । 

कथाको माग अनुसार चरित्र हुने भएकाले उनी शारीरिक रुपमा आकर्षक देखिनु पर्छ भन्ने पक्षलाई पनि नकार्दिनन् । किनभने कुनै कथाले त्यस्तै चरित्रलाई उभ्याउँछ भने त्यो आवश्यकता अनुसारकै शारीरिक बनावट हुन जरुरी उनी मान्छिन् । 

सन्तान र कामलाई ब्यालेन्समा लैजाने  
गर्भावस्थाको आठौं महिना चलिरहँदा पनि प्रियंका चुप लागेर बसिरहेकी छैनन् । भलै चलचित्रको ठूलो पर्दाबाट उनी अहिले टाढा रहे पनि आफ्नै युट्युब च्यानलबाट ‘चपचप डायरिज’ शिर्षकको कुकिंग शो मार्फत दर्शकसामु आइरहेकी छिन् र आफूलाई पनि इङगेज गरिरहेकी छिन् । 

प्रियंका कामबाट कहिल्यै पनि ब्रेक नलिएको र नलिने योजनामा छिन् । उनी जतिसक्दो उति सक्रिय भैरहने सोचिरहेकी छिन् । 

“टेक्नोलिजीको जमाना छ, त्यसैले आज तपाईं काखमा बच्चा च्यापेर पनि आफ्नो करिअरलाई सँगसँगै लग्न सक्छौं । म क्यामेरा अगाडि मात्रै होइन क्यामेरा पछाडि बसेर पनि काम सुरु गरिसकेको छु । त्यसैले म मेरै घरमा बसेर पनि मेरो करिअरलाई अगाडि बढाउने सोचेको छु,” उनले योजना सुनाइन् । 

अभिनय अनि मोडलिङ क्षेत्रमा भएका महिलाहरु आफ्नो. शारीरिक बनावट नबिग्रियोस् भनेर आफ्नो सन्तानलाई स्तनपान गराउँन खोज्दैनन् । तर, प्रियंका भने आफ्नो सन्तानलाई स्तनपान गराउने बताउँछिन् । 

“म यति वर्ष ब्रेक लिन्छु अनि काममा फर्किन्छु भन्ने सोचमै छैन किनभने म ब्रेक नै लिन्न । म दुबैलाई सँगसँगै लग्न सक्छु जस्तो लाग्छ । तर, हेरौं समय परिस्थित कस्तो हुन्छ,” उनले भनिन् । 

कामलाई प्राथमिकता दिँदै गर्दा उनी आफ्नो आउन लागेको सन्तानलाई पनि चाहिने जति समय दिने बताउँछिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro