site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्री शर्मालाई अवसर 
SkywellSkywell

अनुभवी मन्त्री भए पनि  जनार्दन शर्मासँग अर्थमन्त्रालयकाे अनुभव छैन । यसअघि ऊर्जामन्त्री हुँदा उनको कार्यकाल सफल रहेको थियो । शर्मा ऊर्जामन्त्री नियुक्त हुँदा नेपाली जनता चरम लोडसेडिङबाट आक्रान्त थिए । त्यसैबेला उनले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनाए । घिसिङले लोडसेडिङ हटाइदिए । यही आधारमा शर्माको पनि सफल मन्त्रीको छवि बन्यो । 

अब अर्थमन्त्रीका रूपमा शर्माको क्षमताको परीक्षा सरु भएको छ । शर्माले साउन १ गतेबाट सुरु हुने नयाँ आर्थिक वर्षको बजेट पढेर काम थाल्नुपर्नेछ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट ल्याएको उक्त बजेटमा केही राजनीति उद्देश्य राखिए पनि समग्रमा नराम्रो नै भने छैन । पहिलेका एमाले सरकारले ल्याएमध्येमा पछिल्लो बजेट राम्रो भन्ने टिप्पणी गरिएको थियो । 

अझ राम्रो वनाउन सकिने ठाउँ छ तर यसभन्दा राम्रो बजेट ल्याउन सक्छु भन्ने आँट भएमात्र शर्माले नयाँ बजेट ल्याए हुन्छ ।  बजेटको मुख्य समस्या कार्यान्वयनको हो । राम्रो बजेटपनि कार्यान्वयन नहुँदा अर्थ न बर्थका भएर गएका छ् । बरु यस बजेटलाई प्रभावकारी कार्यान्वयन गर्दा अर्थमन्त्रीको नेतृत्व क्षमता देखिनेछ । यसका लागि कुलमानजस्तै काम गर्न सक्ने सहयोगी भने आवश्यक पर्नेछ ।  

Dabur Nepal
NIC Asia

माओवादी विद्रोहताका ‘प्रभाकर’काे रूपमा  जनार्दन शर्माले कुनै जमानामा चीनमा माओले प्रयोग गरेजस्तै नेपालका केही स्थानमा कम्युनको प्रयोग गरेका थिए । तर, यो प्रयोग असफल भयो । नेपालका कम्युनहरू त्यसै हराएर गए । 

चीन माओको अर्थनीतिले यहाँसम्म आइपुगेको होइन । माओपछिका प्रभावशाली नेता देङ साओ पेङको आर्थिक नीतिका कारण चीनको विकास भएकाे हो । राजनीतिमा अनुदार भए पनि उदार आर्थिक  नीति अवलम्बन गरेका कारण चीन अहिले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ र पहिलो हुन अमेरिकालाई चुनौती दिइरहेको छ । माओ होइन देङ विचारधारा शर्माका लागि सफल बन्ने सूत्र हुनसक्छ । 

माओवादी पार्टीबाट पहिलोपटक अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईको विचार त्यसबेला र अहिलेमा आनको तान फरक भइसकेको छ । डा. भट्टराई ‘राजनीतिक अर्थशास्त्रको आँखीझ्याल’बाट भन्ने आफ्नो किताब अब पल्टाउन पनि लाज मान्छन् होला ।

माओवादीबाट अर्थमन्त्री हुने अर्का नेता वर्षामान पुन पनि अर्थमन्त्री भएको केही महिनापछि  अल्मलिएका थिए । पुन मन्त्री हुँदा सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना चलाउने कि बन्द गर्ने प्रश्न थियो । त्यसबेला याक चुरोट राम्रो ब्रान्ड थियो । नेपालकै केही उद्यमीले याक ब्रान्ड किन्न चाहेका पनि थिए । त्यसबेला जनकपुर चुरोट कारखाना निजीकरण गरेको भए करोडौ रुपियाँ आउँथ्यो । यो पैसा रोल्पा, रुकुममा राम्रो अस्पताल खोल्न प्रयोग गर्न सकिन्थ्यो । तर, गरिएन । अहिले उक्त कारखाना र याक ब्रान्ड त्यसै हराएर गयो । 

चीन र जनकपुर चुरोट कारखानाको  यो उदाहरण उल्लेख गर्नुको कारण निजीकरण र आर्थिक उदारीकणसआग डराउनुपर्दैन भन्ने हो । राज्यले गरिब जनताको जीवनस्तर उकास्न लगानी गर्नुपर्छ । समाजिक क्षेत्रमा लगानी बढाउनुपर्छ । तर, निजीकरण र आर्थिक उदारीकरण नीति लिँदा यो नै न्याय गर्न सकिन्छ । यसले निजी क्षेत्रलाई लगानी गर्न सक्रिय हुने हौसला थप्छ ।

आर्थिक उदारीकण र निजीकरणलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न नसक्दा नेपालको निजी क्षेत्र पनि कमजोर भएको हो । यसलाई परिपक्व बनाउन अब तेस्रो चरणको आर्थिक सुधार आवश्यक छ । नेपाली कांग्रेसको सरकारले २०४९ सालमा पहिलो र २०५६ मा दोस्रो चरणको आर्थिक सुधार सुरु गरेको थियो । 

संयोग, अहिले नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गरेको छ । शर्मालाई पहिलो र दोस्रो चरणको आर्थिक सुधारका राम्रा र नराम्रा पक्ष केलाएर तेस्रो चरणको आर्थिक सुधार थाल्ने मौका जुरेको छ । यो मौका उपयोग नै शर्माका लागि सफल अर्थमन्त्री हुने सजिलो बाटो हो । 

बजेट कार्यान्वयन र आर्थिक सुधार सँगै लिएर जाँदा नयाँ पन पनि दिन्छ । यो बाटो समाउँदा नै के गर्ने के नगर्ने भनेर अल्मलिनु पनि पर्दैन । निवर्तमान अर्थमन्त्री पौडेलले ल्याएको बजेटमा पनि सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमलाई सुधार गर्ने, रणनीतिक साझेदार ल्याउनेजस्ता कार्यक्रम पनि छन् । केही परिमार्जन गरेर बजेटमै आएको भूमि बैंकलाई कार्यान्वयन गर्न सकिन्छ ।
 
अर्थमन्त्रीका रूपमा सफल भए भने शर्मा भरपर्दा राजनीतिक नेताका रूपमा उदाउनेछन् । अर्थमन्त्री पद यसका लागि काम देखाउने राम्रो अवसर पनि हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro