site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
अधुरो आर्थिक सुधार अनि प्रेमप्रसादको आत्मदाह

वर्तमान सरकार बनेपछि आएका तीनवटा समाचार हेरौँ ।

पहिलो प्रेमप्रसाद आचार्यले संसद् भवनअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को गाडीको लस्कर निस्कँदै गर्दा आत्मदाह गरे ।

दोस्रो चितवनमा किसानले तरकारीको मूल्य नपाएको भन्दै सडकमा तरकारीको ट्रक घोप्ट्याए ।

Dabur Nepal
NIC Asia

तेस्रो गरिबीको रेखामुनिका जनतालाई ऋण दिई धनी बनाउन स्थापना भएका लघु वित्त संस्थाकै कारण एउटा गाउँमा परिवार घरै छाडेर हिँडे ।

यी तीन समाचार देशको आर्थिक नीतिसँग जोडिएका छन् र अपूर्ण आर्थिक सुधारको नतिजा हुन् ।  डा. रामशरण महतले अझ बढी समय काम गर्न पाएको भए वा आर्थिक सुधारको क्रमले निरन्तरता पाएको भए सम्भवतः यी समाचार आउने थिएनन् । 

प्रेमप्रसादले आत्मदाहसम्मको निर्णय लिनुभन्दा अघि लेखेको पढ्दा उनी आर्थिक संकटले जेलिएको देखिन्छ ।

एकपछि अर्को काम गरे तर आर्थिक संकट घटाउन सकेनन् । व्यवसाय गरे समान उधारो दिए तर पैसा उठेन । खुद्रा विक्रेता र उत्पादकबीचको लेनदेन व्यवहार सल्टाउने स्पष्ट कानुन चाहिन्छ । यो पनि आर्थिक सुधारको एउटा अंग हो ।

राज्यसँग प्रेमप्रसाद र उनीजस्तै किसान, साना व्यवसायीलाई कसरी जोगाउने सहयोग र सहुलियत दिने भन्ने कार्यक्रम हुनुपर्थ्यो । त्यो भएन । यही कारण सायद प्रेमप्रसाद अवसाद (डिप्रेसन)मा गए र भयंकर बाटो रोजे । 

समस्या प्रेमप्रसादको घटनामात्र सीमित छैन । व्यवसायका लागि लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यवसायीको संख्या एक वर्ष यता अत्यधिक बढेको छ । साना र मध्यम व्यवसायीहरूको संकट झनै बढेको छ । यो गम्भीर संकट हो । यसले सानो उद्यम व्यवसाय गर्नेलाई हतोत्साहित बनाइरहेको छ । 

चितवनका किसानले तरकारीको मसूल्य नपाउँदा सडकमै तरकारी फाल्नु पर्‍यो । त्यो दृश्य हेर्दासमेत मनमा घोच्छ ।

तपाईँ  सोच्नुहोस् त पसिना बगाएर फलाएको ताजा तरकारी सडकमा फाल्नुपर्दा किसानलाई कस्तो भयो होला ? किन यसरी किसानले तयारी फाल्नु पर्‍यो ? 

किसानको काम उत्पादन गर्ने हो । उसले उत्पादन गरेन भने उपभोक्ताले खान पाउँदैन । पैसा चपाएर त हुँदैन ।

उत्पादन गर्ने किसानलाई त अझ बढी फलाउन प्रेरित गरिरहनुपर्छ । उसले उत्पादन गरेको वस्तुको उचित मूल्यको ग्यारेन्टी सरकारले गर्नुपर्छ । अनि पो किसानले उत्पादन गरिरहन्छ ।

उसले सुरक्षित महसुस गर्छ । नेपालले कार्यान्वयन गरेको आर्थिक सुधारभित्र किसानको हित पनि समावेश हुनुपर्थ्यो । आर्थिक सुधारमा किसानको हितको उपेक्षा हुनु त्रुटि भयो ।

न आर्थिक सुधारले निरन्तरता पायो न किसानको हित हेरियो । किसानको हित सुनिश्चित गर्नेगरी आर्थिक सुधारलाई निरन्तरता दिनुको विकल्प छैन ।

किसानलाई समस्या परेको बेला राज्यले किन्ने हो वा कृषकलाई सहुलियत दिने हो । आर्थिक सुधारको निरन्तरताले मात्र यस समस्याको सम्बोधन हुनसक्छ । 

रौतहटमा लघु वित्त संस्थाबाट सानो कर्जा लिएको परिवार त्यही ऋण तिर्न नसकेर गाउँबाटै भाग्नु पर्‍यो । लघु वित्त संस्थाहरू अति विपन्न गरिबका लागि काम गर्ने भनेर स्थापना भएका हुन् ।

दुर्भाग्य, तिनले लिने ऋणको ब्याज गाडी किन्दा लिइनेभन्दा पनि उच्च छ । लघु वित्त संस्था खोलेर सेयरको मूल्य बढाउने धन्दा चलेको छ ।

लगानीकर्ताले तत्कालको नाफामात्र हेरेका छन् । लघु वित्तको मर्मलाई बेवास्ता गरिएको छ । यही कारणले समस्या आएको हो । यसलाई अब नरोक्ने हो भने संकट अरु वढ्ने छ ।

विसं २०५६ मा आएको दोस्रो चरणको आर्थिक सुधार वित्तीय क्षेत्रमा केन्द्रित थियो । यो सुधारले ठूला ऋणीलाई ऋण तिर्न बाध्य बनायो त तर वित्तीय संस्थाहरू ऋणी, व्यवसायी वा ग्राहकप्रति भने लचिलो हुन सकेनन् ।

ग्राहकमुखी बनाइएन । वित्तीय क्षेत्र मजबुत हुनुपर्छ । तर, बैंक तथा वित्तीय संस्थाले भने नाफा कमाइरहने र ऋणी अनि ग्राहक मर्कामा परिरहने हुनुहुँदैन । अहिले वाणिज्य बैंकहरू तथा वित्तीय संस्थाले ग्राहकलाई निचोर्ने काम गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाको मात्र होइन ऋणी, बचतकर्ता र सबै ग्राहकको अधिकार पनि सुनिश्चित गरिनुपर्छ । वित्तीय क्षेत्र सुधारमा यो कमजोरी रह्यो ।  ग्राहक, ऋणी र वचतकर्ताको हितका पक्षमा हुनेगरी अर्को चरणको सुधार कार्यक्रम लागु गर्नु आवश्यक छ । 

विसं २०४० को प्रारम्भबाट नेपालमा आर्थिक सुधारको क्रम सुरु भएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी आर्थिक सुधारमा कठिबद्ध थिए ।  

अर्थतन्त्रमा केही दबाब पनि थिए उनले त्यसबेला ल्याएको बजेटबाट आर्थिक सुधार सुरु भएको थियो । विसं २०४९ सालमा नेपाली कांग्रेसले आर्थिक उदारीकणलाई तीव्र गतिमा अगाडि बडाउने गरी पहिलो आर्थिक सुधार कार्यक्रम ल्यायो ।

तत्कालीन अर्थराज्यमन्त्री महेश आचार्य र योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. रामशरण महतको जोडी आर्थिक सुधारप्रति कठिबद्ध थिए ।

तिनको सुधारको आलोचना पनि भयो तर यही सुधारका कारण २०४९ सालदेखि २०५१ सालसम्म तीव्र गतिले आर्थिक विस्तार भयो । त्यसपछि राजनीतिक अस्थिरता, माओवादी द्वन्द्वलगायतले सुधार बिथोलियो ।

विसं २०५६ मा नेपाली कांग्रेसले बहुमत ल्याएपछि सरकारले दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम स्वीकृत गर्‍यो ।  यो कार्यक्रम वित्तीय क्षेत्र सुधारलाई केन्द्रमा राखेर ल्याइएको थियो ।

अहिले नेपालको वित्तीय क्षेत्र बलियो हुनुमा यही सुधारको योगदान छ । सुधार कठिन प्रक्रिया अवश्य हो तर यो निरन्तर हुनुपर्छ । सुधारले समस्या पनि ल्याउँछ ।

यो समस्याको समाधानको उपाय निरन्तर सुधारमात्र हो । अहिलेको आर्थिक संकटको कारण पनि आर्थिक सुधारले निरन्तरता नपाउनु  हो ।

अर्थमन्त्री विष्णु पौडेल  र गभर्नर महाप्रसाद अधिकारीले भाषण गरेर निर्देशन दिएर अर्थतन्त्रमा सुधार हुनेवाला छैन ।

अर्थमन्त्री र गभर्नरको टिम त एयरपोर्टमा विदेशजान लाम लागेका युवाको संख्या गनिरहेको छ । विदेश जाने युवाले कमाएर पठाएको रेमिट्यान्सका आधारमा उनीहरू बोलिरहेका छन् ।

जबसम्म डा. रामशरण महतलगायतको अगुवाइमा सुरु गरिएको सुधारको लयलाई उनीहरुले समातेर अघि बढ्दैनन् तबसम्म अर्थतन्त्रले गति लिँदैन । त्यति बेलासम्म सेयर बजार पनि बढ्छ भनेर ढुक्क नहुँदा हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro