site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
चुनावी मुद्दा नबनेको रेमिट्यान्स र महंगी

बाआमालाई भत्ता दिने छोराछोरी अरब पठाउने । छोराछोरी नै देशमा बस्ने वातावरण नबनाएपछि यसको त्यसको औचित्य के हुन्छ ?

देशको अहिलेको यथार्थ यही हो । राजनीतिक पार्टीबीच सस्तो लोकप्रियताका लागि भत्ता वितरणको होडबाजी छ ।

यही भत्ता जुटाउन युवालाई विदेशजान प्रेरित गरिएको छ । केही पार्टी र नेताले त यो आफूले निजी समपत्तिबाटै दिएजस्तो गरी प्रचारप्रसार गरिरहेका छन् ।

Dabur Nepal
NIC Asia

अहिले विदेशबाट आउने रेमिट्यान्स बढेको छैन । अर्थात् बढ्ने क्रम रोकिएको छ । यही कारण अर्थतन्त्र संकटमा परेको हो । बैंकमा पैसा कम भएको हो । ब्याजदर बढेको हो ।

विगतका वर्षमा रेमिट्यान्स बढिरहन्थ्यो । यसले बैंकमा जम्मा हुने पैसा बढ्यो, घरजग्गाको मूल्य बढ्यो । सबै ठीकठाक देखिएको थियो । तर, अहिले २ वर्ष यता रेमिट्यान्स बढ्ने क्रम सुस्त भयो । यही कारणले संकट देखियो । विदेशमा काम  गरेका युवाले रेमिट्यान्स पठाउन कम गरिदिए भने देशको अर्थतन्त्रै ठप्प हुने अवस्था छ ।

नेपालले गत आर्थिक वर्ष १९ खर्ब २० अर्ब बराबरका विदेशी सामान आयात गर्यो । तर, नेपालबाट विदेश निकासी जम्मा २ खर्ब ३ करोडको मात्र भयो । यस हिसाबले नेपालको व्यापार घाटा करिब १७ खर्ब रुपैयाँ देखियो । विदेशी समान किन्न अमेरिकी डलरलगायत विदेशी मुद्रा चाहिन्छ । यो नेपाली पैसामा किन्न मिल्दैन । अर्थतन्त्रमा संकट आयो भनेर अमेरिकी डलरलगायत विदेशी मुद्रा बचाउन कैयौं वस्तुको आयातसमेत राकिएको थियो । यसो गर्दा पनि १७ खर्ब रुपैयाँका समान नेपाल भित्रियो ।

यत्रो समान भित्राउने अमेरिकी डलरको स्रोत नै युवाले विदेशमा काम गरेर पठाइदिने नगद हो । गत वर्ष १० खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । मुख्य रेमिट्यान्स र बाँकी पर्यटनबाट प्राप्त हुने आम्दानी, विदेशी अनुदान र ऋण थपथाप गरेर विदेशी सामान किन्न चाहिने डलर नेपालले जुटाइरहेको छ ।  तर, आयात बढेको बढ्यै छ । विदेशी मुद्रा आउने स्रोत बढेको छैन । त्यसैले देशको अर्थतन्त्रको संकट सामाधान हुने लक्षण देखिँदैन ।

विदेशमा काम गर्न जाने नेपाली पनि अहिले पहिलेको तुलनामा खर्चिला भएका छन् । उनीहरुको दैनिक आवश्यकता बढ्दो छ । त्यसैले त्यहाँ कमाएको सबै पैसा नेपाल पठाउने क्रम पनि कम भएको छ । यसले पनि  रेमिट्यान्स वृद्धिदर उच्च हुने संभावना देखिँदैन । 

यसको विकल्प के त ? अर्थतन्त्र कसरी सुधार्ने । यससँग जोडिएको  सबैभन्दा महत्त्वपूर्ण सबाल रेमिट्यान्स भने अहिले चुनावको विषय नै वनेको छैन ।

रेमिट्यान्सको समाजिक मूल्य पनि छ । कैयौं नेपालीले काम गर्न जाँदा विदेशमा दःख हन्डर पाएका छन् । कैयौंले ज्यान गुमाएका छन् । रेमिट्यान्स प्राप्त गर्न नेपालले ठूलो मूल्य चुकाइरहेको छ । तर, चुनावमा राजनीतिक पार्टीलगायत अन्य उम्मेदवारहरु यसप्रति संवेदनशील देखिएका छैनन् । अझ बढी युवा विदेश  पठाएर रेमिट्यान्स ल्याउने चाहनामा कैयौं नेतामा देखिन्छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस नेता आरजु देउवाले त चुनावका क्रममा युवालाई विनापैसा विदेश पठाई दिने आश्वासनै बाँडे । उनीहरुको भाषणमा त देशमा कसरी रोजगार बढाउन सकिन्छ भन्ने विषय हुनुपर्ने थियो ।

राजनीतिक नेता, कैयौँ अरु उम्मेदवारदेखि अहिले चुनावमा होमिएका अर्थविज्ञ डा. विश्व पौडेल, कांग्रेसको घोषणापत्र लेख्नेमध्येका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेसम्म रेमिट्यान्सका बारेमा मौन देखिन्छन् ।

नेपालमा हुने गोष्ठी र कागजमा समाजिक सूचकांकका जति गफ गरिन्छ त्यो सबै रेमिट्यान्सले गर्दा भएको हो । यो कम हुँदा उनीहरु सबैको बोली बन्द हुन्छ । पदमा पुग्दा बढी मेहनत गरेर देखाउनुपर्ने हुन्छ । त्यसैले यस विषयमा बुझेकाले पनि मौन रहेर रेमिट्यान्सको विषय झारा टार्ने गरी ल्याइएको हो ।

अर्को आश्चर्यलाग्दो पक्ष महँगी पनि यसपटक चुनावका मुख्य सबाल बनेन ।  विश्वभर अहिले महँगी बढेको छ ।

नेपालमा पनि उपभोग्य वस्तुको मूल्य आकासिएको छ । तर, विगतका चुनाव वा अन्य सन्दर्भमा महँगी जसरी बहसको विषय  बन्थ्यो यस पटकको चुनावमा बनेको देखिएन ।

किन ? यो पनि रेमिट्यान्ससँगै जोडिएको छ । तथ्यांकले झन्डै ६० प्रतिशत घरपरिवारले रेमिट्यान्स पाउने गरेको देखाउँछ ।

जसले कमाएर पठाउँछ उसले खर्च गर्दैन जसले खर्च गर्छ उसले अरुले कमाएको पैसा रेमिट्यान्सबाट पाएको छ । आफूले कमाएको पैसा खर्च गर्न परेको भए पो महँगीको अनुभव हुन्छ । यसले पनि महँगी चुनावी मुद्दा नबनेको हुनसक्छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro