राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०२१ भित्र ठूलो जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाइने बताएका छन् ।
देशवासीका नाममा आज सम्बोधन गर्दै ओलीले सरकारले खरिद गर्ने र दाताहरुको सहयोगमार्फत् २ करोड डोज खोपको सुनिश्चितता भइसकेको बताए ।
बालबालिकाका लागि दिइने ६० लाख फाइजर खोप खरिदका लागि पनि सरकारले प्रक्रिया अघि बढाइसकेको ओलीले सम्बोधनका क्रममा बताए ।
त्यसैगरी अमेरिका, चीनलगायतका विभिन्न मुलुकबाट गरी २ करोड डोज खोप ल्याउने तयारी अघि बढेको र सन् २०२१ भित्र ठूलो जनसंख्यालाई खोप दिइने ओलीले बताए ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८ १४:५६
प्रतिक्रिया दिनुहोस्