site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिनाभन्दा बलियो ब्राजिल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनल खेल आइतबार बिहान हुँदै छ । ब्राजिलमा जारी प्रतियोगिताको उपाधि भिडन्त हुन लागेको हो । ब्राजिल र अर्जेन्टिना आमने–सामने हुँदै छन् ।

विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी लियोनल मेस्सी र नेयमारका लागि यो उपाधि महत्वपूर्ण रहेको छ । किनकि, दुवै खेलाडीले हालसम्म देशका लागि ठूलो उपाधि जिताउन सकेका छैनन् ।

विश्व फुटबलमा लामो समयदेखि राज गरिरहेका मेस्सीले देशका लागि चौथोपटक ठूलो प्रतियोगिताको फाइनल खेल खेल्दै छन् । योभन्दा पहिला उनले एक विश्वकप र दुई कोपा अमेरिकाको फाइनल खेल खेलिसकेका छन् । त्यसैले पनि मेस्सीका लागि यो उपाधि महत्वपूर्ण रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेयमारले भने पहिलोपटक देशका लागि ठूलो प्रतियोगिताको फाइनल खेल खेल्दै छन् ।

तथ्यमा हेर्दा ब्राजिल अर्जेन्टिनाभन्दा बलियो टोली हो । यी दुई टोलीले आपसमा १११ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा ब्राजिल ४६ खेलमा विजयी भएको छ भने अर्जेन्टिनाले ४० खेल जितेको छ । बाँकी २५ खेल बराबरीमा सकिएको थियो ।

Global Ime bank

गोलको हिसाबमा भने दुवै टोलीको संख्यामा धेरै अन्तर छैन । जसमा अर्जेन्टिनाले १६१ गोल गरेको छ भने ब्राजिलले १७६ गोल गरेको छ । अर्जेन्टिना र ब्राजिलले ठूलो प्रतियोगितामा अन्तिमपटक गएको संस्करणको कोपा अमेरिकाको सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा ब्राजिलले अर्जेन्टिनालाई २–० ले हराएको थियो ।

कोपाका पछिल्ला पाँच प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन । त्यसका आधारमा भने अर्जेन्टिना ब्राजिलभन्दा कमजोर मानिएको छ ।

यी दुई टोली कोपा अमेरिकाको सन् २०१९ को संस्करणमा आमने–सामने भएका थिए । सेमिफाइनल खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित निकाल्यो । सन् २००७ को कोपा अमेरिकाको फाइनलमा पनि ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । अर्जेन्टिनाले ब्राजिलसँग सन् २००४ को कोपाको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । निर्धारित समय २–२ गोलको बराबरी हुँदा टाइब्रेकरमा ब्राजिलले ४–२ को जित निकाल्न सफल भयो ।

सन् १९९९ को कोपाको क्वार्टरफाइनलमा पनि ब्राजिलले जित हासिल गरेको थियो । उक्त खेल ब्राजिलले २–१ ले जितेको थियो । सन् १९९५ को क्वार्टरफाइनलमा पनि ब्राजिल र अर्जेन्टिनाको भेट भएको थियो । त्यो खेलमा निर्धारित समय २–२ गोलको बराबरीमा सकिँदा टाइब्रेकरमा ब्राजिलले ४–२ ले हराएको थियो ।

यसरी फुटबलको इतिहास हेर्दा ब्राजिलले धेरै खेलमा राम्रो नतिजा निकालेको छ । बलियो मनोबलसँगै ब्राजिल मैदानमा उत्रनेछ । तर, योपटकको अर्जेन्टिनाको प्रदर्शन हेर्दा ब्राजिललाई त्यति सहज भने छैन ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement