देश
झापा । नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
जिल्लाको चारआली–चन्द्रगढी सडकमा दुर्घटनामा परेर उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार बिर्तामोडबाट आफैं कार चलाएर चन्द्रगढीतर्फ जाँदै दिए । बा १६ च ८१८२ नम्बरको कार चलाएर गइरहेका बेला देवकोटा चोकमा रहेको शालिकको कम्पाउन्डमा गाडी ठोक्किएको थियो ।
गम्भीर घाइते प्रसाईंलाई मेची अस्पताल लगिएको थियो । अस्पताल लगेको केहीबेरपछि उनलाई मृत घोषणा गरिएको थियो । उनी बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महताराका श्रीमान् हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८ १९:५३
प्रतिक्रिया दिनुहोस्