site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन पूर्वप्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी माेर्चाकाे ज्ञापनपत्र : शिक्षा, स्वास्थ्य र रोजगारीकाे मौलिक हक सुनिश्चित होस्

काठमाडौं । संविधानले व्यवस्था गरेबमोजिम शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकका रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता जनाइदिन भनी संयुक्त विद्यार्थी गठबन्धले तीन जना पूर्व प्रधानमन्त्रीहरूलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेविसंघ, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षीय अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ) ले संयुक्त रूपमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई ज्ञापनपत्र बुझाएका हुन् । 

नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रूपमा किटानी गरिएकाले सोही अनुसार कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निस्शुल्क हुनुपर्ने उनीहरूको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस्तै, उनीहरूले स्वास्थ्य र रोजगारीको हक पनि पूर्ण रूपमा सुनिश्चित हुनुपर्ने बताएका छन् ।

नेपाली जनता र विद्यार्थी आन्दोलनको लामो लडाइँको परिणामस्वरूप संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिबद्धता जनाइदिन भनी शीर्ष नेताहरूको ध्यानाकर्षण गराइएको संयुक्त विद्यार्थी गठबन्धनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro