site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओली र भीम रावलबीच भेटवार्ता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार राति ओली र रावलबीच करिब डेढ घण्टा छलफल भएको हाे । नेता एकेन्द्र कुवँरका अनुसार रावल करिब ९ बजेतिर बालुवाटर प्रवेश गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन ओलीले माधव नेपाल पक्षका सांसहरूलाई सोमबार साँझसम्मको अल्टिमेटम दिएका छन् । उनले निर्धारित समयमा हस्ताक्षर फिर्ता नभए पार्टी एकताको सम्भावना सकिने चेतावनी पनि दिएका छन् ।

Agni Group
NIC Asia

त्यसअघि नै सहमति जुटाउन एमालेका दोस्रो तहका नेताहरू सक्रिय बनेका छन् ।

पछिल्लो समय एमालेको विवाद समाधानका लागि एमालका दोस्रो तहका नेताहरू सक्रिय बनिरहेका छन् । केपी ओलीका पक्षबाट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेलसहितका नेताहरू र नेपाल पक्षबाट घनश्याम भुसास, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेताहरूले निरन्तर छलफल गर्दै आएका छन् । तर, ठोस निष्कर्ष निस्किन सकेको छैन ।

Global Ime bank

आइतबार बिहानमात्र नेताहरू नेम्वाङ, पौडेल र पोखरेलले नेता नेपाललाई भेटेका थिए । साे भेटमा उनीहरूले ओलीसँग भेट गर्न नेपाललाई आग्रह गरेका थिए । तर, नेपालले भेट्ने इच्छा नदेखाएकाे पाैडेलकाे भनाइ छ । आइतबार राति नेपाल पक्षीय नेता रावलले ओलीलाई भेटेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २०, २०७८  २३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu