site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् एमाले बैठकका निर्णय
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा (एमाले)का सांसदहरुलाई आउँदो सोमबारसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ ।

आज बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले देउवालाई दिएको समर्थन सोमबार साँझ ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएको हो । देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको प्रस्तावमा एमालेका २३ सांसदले हस्ताक्षर गरेका थिए ।

यस्तै, बैठकले कोरोनाभाइरसविरुद्धको खोप अविलम्ब उपलब्ध गराएर सबै नागरिकलाई महामारीबाट बचाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठकले बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विस्थापितहरुको पुनःस्थापनाको लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उनको स्वास्थ्य उपचारको जिम्मा लिएकोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Royal Enfield Island Ad

यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्षको गौरवपूर्ण यात्रा पूरा गरेकोमा बधाई र शुभकामना ज्ञापन गरिएको छ ।

बैठकले पार्टी एकतालाई सृदृढ गर्न सबै नेता–कार्यकर्तालाई योगदान गर्न आह्वान गरेको छ ।

कोरोनाका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण र संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको ज्ञवालीले बताए ।

बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro