काठमाडाैं । पाँच विद्यार्थी सङ्गठनले त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा लाई शैक्षिक सुधारसिहत विभिन्न पाँच बुँदे ज्ञापनपत्र बुझाएकाे छ । मंगलबार नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), माधव नेपाल पक्षीय अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले ज्ञापनपत्रमा उल्लिखित र यसअघि विभिन्न विद्यार्थी सङ्गठनबाट एकल र संयुक्त रूपमा आएका मागहरू १० दिनभित्र पूरा गर्न माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले राज्यले विश्व विद्यालय र शिक्षा लाई पूर्ण रूपले बेवास्ता गरेको, शिक्षामा लगानी वृद्धि नगरेकाले प्रभावकारी भूमिका निर्वाह गर्न नसकिएको बताए । उनले विद्यार्थीहरूका मागहरूप्रति विश्व विद्यालय सकारात्मक रहेको पनि बताए ।