काठमाडौं । कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरूका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरूलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरूलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको जनाएको छ ।
निम्बसको प्रबन्ध निर्देशक आनन्द बगरियाले भने, “आफ्नो ज्यान जोखिममा राखी यस महामारीविरुद्ध लड्नुहुने सबैजनाप्रति हामी कृतज्ञ छौँ । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौँ । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायता नपाएकाहरूलाई सहयोग गर्न चाहन्छौँ ।”
उच्च गुणस्तरको प्रो टेक प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोलयुक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो टेक निम्बसको स्वास्थ सामग्री उत्पादन गर्ने अंग हो ।
कोभिड–१९ को संकटको समयमा निम्बसले कल्याणकारी कामलाई जारी राख्ने जनाएको छ ।