site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईएमबीले पायो नेपालमा पहिलोपटक हरित जलवायु कोषबाट मान्यता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले हरित जलवायु कोष (जीसीएफ)बाट मध्यम क्याटगोरीको मान्यता प्राप्त गरेको छ । यससँगै बैंकले पाँच करोड अमेरिकी डलरदेखि २५ करोड अमेकिी डलरसम्मका योजना व्यवस्थापन गर्न पाउने भएको छ ।

बैंकले यो मान्यता प्राप्त गर्ने आफू नेपालको पहिलो संस्था एवं बैंक भएको बताएको छ । हरित जलवायु कोष वा ग्रिन क्लाइमेट फन्ड–जीसीएफ १९४ राष्ट्रबाट अनुमोदित संयुक्त राष्ट्रसंघको सन् २०१० को जलवायुसम्बन्धी पेरिस सम्झौताको महत्त्वपूर्ण हिस्सा हो ।

एनआईएमबीका सीईओ ज्योती प्रकाश पाण्डेले जीसीएफबाट मान्यता प्राप्त गर्नु गौरवको कुरा भएको बताएका छन् । यसले दिगो र हरित लगानीमा सहकार्यका लागि थुप्रै अवसर प्रदान गरेको बैंकले जनाएको छ ।

एनआईएमबीले ऊर्जा उत्पादन तथा पहुँच, यातायात, मानिस तथा समुदायको जीविकोपार्जन, दिगो कृषि, स्वास्थ्य, खाद्य तथा पानी सुरक्षालगायत मुख्य जलवायु चुनौतीलाई सम्बोधन तथा न्यूनीकरण अनुकूलन परियोजनालाई प्राथमिकता दिने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro