site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङमा किसानलाई निःशुल्क जडीबुटीको बिरुवा र हुर्काउनेलाई प्रतिबिरुवा तीन रुपैयाँ
Ghorahi CementGhorahi Cement

दाङ । डिभिजन वन कार्यालय दाङले किसानलाई निःशुल्क जडीबुटीको बिरुवा र त्यसलाई हुर्काउनेलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा तीन रुपैयाँ नगद अनुदान उपलब्ध गराउने कार्यक्रम अगाडि बढाएको छ ।

यो वर्ष किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । दाङ सुगन्धकोकिला (मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धालगायत जडीबुटीको व्यावसायिक खेतीको सम्भावना भएको जिल्ला मानिन्छ ।

Agni Group

सहकारीमार्फत यो वर्ष करिब ७५ हजार जडीबुटीका बिरुवा रोप्ने गरी कार्यक्रम अघि बढाइएको डिभिजन वन कार्यालयय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार जडीबुटीको पकेट क्षेत्र मानिएको दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाका पाँचवटा वडाहरु र  घोराही उपमहानगरपालिकाका दुई गरी सात वडामा जडीबुटी खेती विस्तार कार्यक्रम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत किसानलाई टिमुर, तेजपात र मालागेडी जातका बिरुवाहरु निःशुल्क उपलब्ध गराइनेछ । किसानले कम्तीमा दुई कट्ठा क्षेत्रफलमा बिरुवा रोप्नुपर्ने जनाइएको छ ।

Global Ime bank

यसरी लगाइएका बिरुवा हुर्काउने किसानलाई अनुगमनपछि प्रतिजीवित बिरुवा तीन रुपैयाँका दरले प्रोत्साहन प्रदान गरिने डिभिजनल वन अधिकृत सुवेदीले जानकारी दिए ।

किसानलाई दिने बिरुवाको अधिकांश हिस्सा डिभिजन वन कार्यालयले  आफैँले उत्पादन गरेका बहुवर्षीय (ठ्ूलो साइज पुगेका) टिमुर, दालचिनी र मालागेडी हुने र नपुग बिरुवा खरिद गरेर दिइने जनाइएको छ ।

कार्यालयले गत वर्ष टिमुर वर्ष कार्यक्रम घोषणा गरी एक लाख बढी बिरुवा लगाइएको थियो । तीमध्ये अधिकांश बिरुवा हुर्किएको कार्यालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २१:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC