देश
काठमाडौं । बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचारका लागि काठमाडौंको नर्भिक इनटरनेसनल अस्पतालले छुट्टै युनिट सञ्चालनमा ल्याएको छ । बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार गर्न अस्पतालले छुट्टै युनिट संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।
युनिटमा डेडिकेटेड शैया, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिमले घाइतेहरुको उपचारमा काम गर्नेछ । “बाढीपहिरोमा परी घाइते भएकाहरुले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हौं,” अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८ ११:४२
प्रतिक्रिया दिनुहोस्