काठमाडौं । आज कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्दो हुनेछ । केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएको छ ।
आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ । ती सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, हुम्ला, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने जनाइएको छ ।
स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।