site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढी र पहिरोमा परेकाहरुको उद्धार गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी र पहिरोमा परी हराइरहेकाहरुको तत्काल खोजी गर्न सरकारसँग आग्रह गरेका छन् । 

मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभवसमेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको ठूलो क्षति भएको उनले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्दार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु,” अध्यक्ष दाहालले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस महाविपतमा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु ।” 

बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा उनले आग्रह गरेका छन् । 

Global Ime bank

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागमा धनजनको ठूलो क्षति भएको भन्दै उनले कोशी, नारायणी, सेती, कमला, तिनाऊ, कर्णाली, महाकालीलगायत नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको उनले बताएका छन् ।

May be an image of 1 person and text


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २, २०७८  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC