site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गण्डकीको बजेट ३० अर्बको : सबै प्रदेशवासीलाई खोप, ज्येष्ठ नागरिकको निशुल्क उपचार
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट ल्याएको छ । शनिबार मात्रै गण्डकीमा कांग्रेस नेतृत्वको नयाँ सरकार बनेको छ । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा पेश गरेको बजेटले स्वास्थ्य क्षेत्र र कोरोनालाई नै प्राथमिकतामा राखेको छ ।

आगामी वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेश गर्दै अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पोखरेलले प्रदेशसका सबै नागरिकलाई खोप लगाउन बजेट विनियोजन गरिएको जानकारी गराएका छन् ।

“प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबाहेक, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च पनि प्रदेश सरकारले व्योहोर्ने भएको छ । सबै जिल्लामा ५० शैयाको अस्पताल, बागलुङमा रहेको धौलागिरी अस्पताललाई ३०० शैयाको बनाउने र सबै जिल्लामा २ देखि ५ शैयाको सघन उपचार कक्ष (आइसियु) बेड निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए ।

सरकारले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकको निशुल्क उपचार साथै सबै प्रदेशबासीको बिमाको लागि “स्वास्थ्य बिमा, सरकारको जिम्मा” कार्यक्रम ल्याएको मन्त्री पोखरेलले जनाए । स्वास्थ्य स्वयंसेविधालाई हरेक वर्ष ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने उनले जनाए ।

Global Ime bank

सहिदको नामबाट विद्यार्थीलाई छात्रवृत्ति

आगामी वर्षको बजेटमा सहिद दिलबहादुर रम्तेलको नाममा समेत कार्यक्रम थप भएको छ । यी सहिदको नामबाट वर्षेनी एमबिबिएस लगायत उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा छनोट भएका विद्यार्थीका लागि बजेट छुट्याएको छ । गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षालय पनि आगामी आर्थिक वर्षदेखि सुरु गर्नेगरि आवश्यक बजेट विनियोजन गरिएको पोखरेलले जनाए ।

विपन्न बस्तीमा मुख्यमन्त्री, अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार राहत
नयाँ सरकारले “विपन्न बस्तीमा मुख्यमन्त्री” नामक नयाँ कार्यक्रम ल्याएको छ । विपन्न समुदायको उत्थान सशक्तिकरण र विकासका निम्ति यो कार्यक्रम ल्याइएको पोखरेलले जनाए । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लाागि ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

यसबाहेक सरकारले कोरोना संक्रमणबाट अभिभावक गुमाएका बालबालिकालाई सामाजिक सुरक्षाबापत मासिक ५ हजार रुपैयाँ राहत दिने भएको छ । कोरोनाबाट मृत्यु भएका परिवारलाई सरकारले ५० हजार रुपैयाँ  आर्थिक सहयोग उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

गोरखाको च्याङलीमा कुमाल जातीको सांस्कृतिक संग्रहालय निर्माण गर्ने, महिला जागृति एवम आर्थिक, सामाजिक, राजनैतिक सशिक्तकरणका लागि “सक्षम महिला, समानान्तर पाइला” कार्यक्रमको लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

सामूहिक रूपमा उद्यम गर्न चाहने युवाहरूका लागि “उद्यमी युवा, समृद्ध प्रदेश निर्माणमा टेवा” कार्यक्रम पनि सरकारले ल्याएको छ । 

चक्लाबन्दीमा खेती, एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य
सरकारले बजेटमार्फत कृषि क्षेत्रतर्फ जग्गा चक्लाबन्दीलाई जोड दिएको छ । कृषि बिक्री केन्द्र खोल्ने र उपजको मूल्य तोक्ने जनाइएको छ । पशुपंक्षी बिमा कार्यक्रम तथा कृषिमा सहुलियत ऋण कार्यक्रमलाई सरकारले बजेट विनियोजन गरेको अर्थमन्त्री पोखरेलले जनाए ।

पर्यटनतर्फ सरकारले हरेक निर्वाचन क्षेत्रमा एक पर्यटकीय गन्तव्य निर्माण गर्ने जनाएको छ । पर्यटन व्यवसाायीलाई राहत सहित गण्डकी घुम्न आउने पर्यटकलाई विशेष प्याकेज कार्यक्रमलाई बजेटले समेटेको छ । नारायणी नदी किनारमा बिच पार्कको सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरिएको पोखरेलले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ भन्दा ४ अर्ब रुपैयाँ सानो बजेट पेश गरेको हो । तर, गतवर्ष सरकारले खर्च गर्न नसकेको नगद मौज्दात मात्रै ७ अर्ब भन्दा बढि थियो । यस वर्ष नगद मौज्दात २ अर्ब रहने अनुमान गरिएको छ ।

सरकारले ल्याएको बजेटमध्ये १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ चालुतर्फ विनियोजन गरिएको छ । यो कुल बजेटको ४३ प्रतिशत हो । पुँजीगततर्फ सरकारले १६ अर्ब, ७३ करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । वित्तीय व्यवस्थातर्फ २४ करोड रुपैयाँ छुट्याइएको छ ।

बजेटका स्रोतमा संघ सरकारले दिएको सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख  र वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड रुपैयाँ आएको छ ।

सरकारले राजस्व बाँडफाँडबाट ७ अर्ब ६२ करोड, रोयल्टी ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड उठाउने लक्ष्य लिएको छ ।
यी स्रोतबाहेक झण्डै ४ अर्ब रुपैयाँ न्यून हुन आउँछ । यसलाई पूर्ति गर्न आन्तरिक ऋण १ अर्ब, संघसँग १ अर्ब ऋण र सरकारले खर्च गर्न नसकेको नगद मौज्दात २ अर्ब रुपैयाँ रहने मन्त्री पोखरेलले जनाए ।

सरकारले सवारी, तथा प्राकृतिक स्रोत लगायतका राजस्वका केही स्राेतकाे दर बढाउने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC