site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्तरिक हवाई सेवा सञ्चालन गर्न व्यवसायीको माग
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सञ्चालहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई सेवा सञ्चालन गर्न माग गरेको छ ।

एक साताअगाडि कोभिड–१९ विरुद्ध सम्पूर्ण मापदण्ड पालना गरी हवाई उडान सञ्चालनका लागि सम्बन्धित मन्त्रालय तथा सरकारसँग अनुरोध गरेको तर असार ७ गतेसम्म निषेधाज्ञा बढाइएको संघले जनाएको छ । विज्ञहरूको रायसहित पर्यटन, हवाई, उद्योग, कलकारखाना तथा नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिहरू पनि सहभागी गराई निर्णय लिन सके सबैका लागि हितकर हुनेमा यसलाई बारम्बार उपेक्षा गरिएको संघले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संक्रमणदर घटिरहेको बेलामा निषेधाज्ञा निरन्तर थपिएकोप्रति संघले गुनासो गरेको छ । “लकडाउनलाई मात्र प्रमुख औजारका रुपमा प्रयोग गरिएको छ । यसका नकारात्मक पाटाहरु पनि केलाउन उत्तिकै जरुरी भइसकेको छ । १०औँ लाखजनालाई रोजगारी प्रदान गरेका होटेल, पर्यटन, यातायात तथा हवाई क्षेत्रले अर्बौँको राजस्व मात्रै गुमाएका छैनन्, अपितु यसमा आबद्ध हरेकको आम्दानी तथा रोजीरोटीमा व्यापक असर परेको छ,” प्रवक्ता योगराज कडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

लकडाउन/निषेधाज्ञाबीच पनि छिमेकी मुलुक तथा संसारैभरि आन्तरिक उडान बन्द नगरिएको भन्दै संघले अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरिसकेको जनाएको छ । संघले संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न माग गरेको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro