site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदबाट बर्खास्तीमा परेका थापा भन्छन् : गण्डकीमा पनि फ्लोर क्रस हुनसक्छ
Sarbottam CementSarbottam Cement

पोखरा । पार्टी केन्द्रको निर्णय र संसदीय दलको निर्णय नमानेपछि बिहीबार पदमुक्त भएका जनमोर्चाका सांसद कृष्ण थापाले संसदमा अझै पनि फ्लोर क्रस हुनसक्ने संकेत गरेका छन् ।

बिहीबार पदमुक्त भएको घोषणा संसदमा हुनुपूर्व उनीमाथि जनमोर्चाले वैशाख २९ गते संसदीय दलको नेता र जेठ ८ गते पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकेको थियो ।

सोही निर्णयका आधारमा नै उनको सांसद पद गुम्ने निश्चित भइसकेको थियो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार दलले कारबाही गरेपछि उनको पद स्वतः जान्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, संसदीय दलमार्फत त्यसको जानकारी संसदमा गराउनुपर्ने हुन्छ । सोही प्रक्रिया अनुसार बागलुङ १ ख बाट प्रत्यक्ष निर्वाचित थापा निवर्तमान हुन पुगे ।

उनलाई कारबाही गर्न राष्ट्रिय जनमोर्चा संसदीय दलले तीन वर्षपछि मात्रै संसदीय दलको विधान पनि बनायो । सोही विधान अनुसार १५ गते बैठक बसेर थापालाई पदमुक्त गर्ने निर्णय गरिएको थियो ।

Global Ime bank

उक्त निर्णय बिहीबारको प्रदेशसभा बैठकमा सभामुखले पढेर सुनाएपछि थापा निवर्तमान हुन पुगे ।

‘फलामे अनुशासनमा रहने’ भन्ने उपमा पाएको पार्टीले आखिर आफ्ना एक सांसदलाई किन गुमायो त ?

त्यसको कारण नेकपा विवाद, पुस ५ प्रतिनिधीसभा विघटन, नेकपा ब्युँताउने सर्वोच्चको फैसला लगायतका कुराहरू छन् । जनमोर्चाले ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गरेपछि केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो ।

तर, गण्डकीमा चाहिँ सरकारलाई दिएको समर्थन यथावत नै थियो । पछिल्लो समय नेकपा फुटेपछि ब्युँतिएको एमालेभित्र पनि गुटको प्रभाव व्यापक देखियो ।

दुई गुटमा यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओलीको पक्षमा लागे । ओलीका हर कदमको समर्थन गर्दै उनले यहाँ पनि एकहप्तामै हिउँदे अधिवेशन अन्त्य गरिदिए ।

उनको यो कदम ओलीपथको निरन्तरता र प्रतिगमनलाई सहयोग पुग्ने खालको रहेको ठहर गर्दै वैशाख १ गते जनमोर्चाले गुरुङ सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । जनमोर्चाले सँगसँगै विपक्षीले अविश्वासको प्रस्ताव ल्याए पक्षमा मतदान गर्ने निर्णय समेत गरेको थियो ।

उक्त निर्णयपछि गुरुङ सरकारको बहुमत नपुग्ने देखिएपछि विपक्षी तीन दलले लिखित हस्ताक्षर गर्दै विशेष अधिवेशन माग गरे । तर, १५ गते मतदानको दिन जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक हराए ।

उनी सम्पर्कमा आएपछि र मतदानको नयाँ मिति तय भएपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिए । विपक्षी कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवाद पार्टीका २ र जनमोर्चाका ३ सांसदले हस्तक्षर गरेको खण्डमा ३१ सांसदसहित यहाँ नयाँ सरकार बन्थ्यो ।

तर, कृष्ण थापाले हस्तक्षर गरेन । उनी बागलुङ लागे । यो वैशाख २९ गतेको घटना हो ।

सांसद थापाले हस्ताक्षर गर्न नमानेपछि नै उनीमाथि कारबाहीको प्रक्रिया सुरु भएको हो । जुन विधिवत रूपमा जेठ २० गते आएर टुंगिएको छ ।

सांसद पद गएको सूचना पाएपछि थापा बिहीबारको बैठकमा गएका थिएनन । उनी भन्छन, “आधा घण्टा अगाडि मलाई सूचना आएको थियो, म गइन ।”

पद गएको बारेमा उनलाई कुनै पश्चाताप छैन । ग्रामीण क्षेत्र र त्यहाँका जनताबिच रहने उनले बताए ।

उनले यतिमात्रै भनेनन, गण्डकीको अब हुने राजनीतिक घटनाबारे फ्लोर क्रस हुनसक्ने संकेत समेत गरे ।

“अन्त पनि फ्लोर क्रसका घटना भएका छन, यहाँ पनि हुन सक्छन ।” उनले भने ।
तर, फ्लोर क्रस कसले गर्छ त ? भन्ने प्रश्नको जवाफ उनले दिएनन् ।

उनी निवर्तमान सांसद त भए, तर निर्णायक भूमिकामा रहेका थापाको यो अभिव्यक्तिले यहाँको राजनीतिक खेल जे पनि हुन सक्ने संकेत भने अवश्य गर्छ ।

सांसद थापाको पद गुमेपछि यहाँको सांसद संख्या ५९ मा झरेको छ । जसको बहुमत भनेको ३० जजना सांसद हुन आउँछ ।

विपक्षी गठबन्धनका चार दलमा ठ्याक्कै ३० सांसद र हस्ताक्षर रहेको छ ।

जेठ २७ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुँदा उनीहरूले २७ गतेसम्म पर्खिएका छन । मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र सरकार बनाउने तयारी विपक्षीको छ ।

तर, मुख्यमन्त्रीले विश्वासको मत नलिई संविधानको धारा १६८ (५) मा जान सक्ने आँकलन पनि छ । कारण, उनले विश्वासको मत पाउने गणितीय आधार छैन र केन्द्रको सिनारियो पनि सोही छ ।

तर, गुरुङ नै पुन मुख्यमन्त्री हुन भने सकस छ । जस्तो कि केन्द्रमा ओलीले जनता समाजवादी र एमाले संसदीय दलका नेताको हस्ताक्षर लगेर बहुमत रहेको दाबी गरेका थिए । सोही दाबी गण्डकीमा वैशाख २९ गते गर्दा प्रदेश प्रमुखले विपक्षीको बहमुतलाई मान्यता दिएकी थिइनन् । यहाँ मुख्यमन्त्री गुरुङसँग त्यो विकल्प पनि छैन ।

यअअघि कर्णाली प्रदेशमा फ्लोर क्रस भएको थियो । एमालेका माधव नेपाल पक्षीय सांसदले पार्टीका ह्विप उलंघन गर्दै माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC