site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ : शंकर पोखरेल 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा श्रमलाई सम्मान गर्ने श्रम संस्कृतिको अभाव रहेको बताएका छन् । १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासंघद्वारा आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले मुलुकभित्रै श्रम गरेर राष्ट्र निर्माणको यात्रामा जाने मनोविज्ञान कमजोर भएको बताए । 

“हामीकहाँ श्रमलाई सम्मान गर्ने श्रम संस्कृतिको अभाव छ । विकसित मुलुकमा जाने हो भने श्रमप्रति अत्यन्त आदरभाव र सम्मान पाउने गर्दछौँ,” उनले भने । 

मलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नु आजको महत्त्वपूर्ण रहेको उनको भनाइ छ । श्रमजीवी वर्गको योगादानको आवश्यकता भएको मुलुकमा सामाजिक दृष्टिकोणमा बदलाब ल्याउनुपर्ने आवश्यकता उनले औंल्याए ।

उनले देशको जनशक्ति ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने र छिमेकी मुलुकका श्रमिक पैसा कमाइरहेको सुनाए । युवा जनशक्तिलाई देशमा रोक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro