site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्छ : कमल थापा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले ठोस योजना र कार्यक्रम बनाएर श्रमिकका समस्या समाधान गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उनले कति वर्षमा देशभित्र रोजगारी सिर्जना गर्नसक्ने भन्ने बारेमा सरकारले स्पष्ट खाका तयार पार्न आवश्यक रहेको बताए । विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरूलाई देशमै रोजगारी दिइ फिर्ता गर्नसक्ने अवस्था कहिले बनाउने ? भन्दै प्रश्न गरे । 

यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमिक शून्य हुने मुलुकमा नेपाल पर्ने उनको भनाइ छ । श्रमिकहरूको पक्षमा ठोस र ऐतिहासिक निर्णय गर्न आवश्यक रहेको उनले बताए । 

"सरकारले ठोस योजना र कार्यक्रम बनाएर कति वर्षमा देशभित्र कति रोजगारी सिर्जना गर्नसक्ने हो र कति वर्षमा विदेशमा रोजगारीका लागि गएका लाखौँ युवाहरूलाई देशमै रोजगारी दिइ फिर्ता गर्नसक्ने अवस्था बनाउने हो, त्यसको स्पष्ट खाका, योजना र कार्यक्रम आम जनताको अघि ल्याउनको निमित्त आग्रह गर्दछु । अहिलेको अवस्था दयनीय छ, हामी श्रम दिवस मनाइरहेका छौँ, यही रफ्तारमा विदेश पलायन हुने अवस्था रहने हो भने नेपाल श्रमिक शून्य, श्रमिक न्यून राष्ट्रको रूपमा देखा पर्नेछ । श्रमिकहरूको पक्षमा ठोस र ऐतिहासिक निर्णय गर्न आवश्यक छ," उनले भने ।

अध्यक्ष थापाले श्रम ऐन संशोधन र सुधारका लागि सशक्त ढंगले अघि बढ्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro