site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यका मेयर फोरमले बनाउने भनेको एक हजार संक्रमित अटाउने आइसोलेसन सेन्टर कहिले बन्ला ? 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । वैशाख ३० गते काठमाडौं उपत्यका मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत आइसोलेसन केन्द्र सञ्चालन गर्न प्रस्ताव अघि बढाएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संक्रमितको व्यवस्थापन गर्न उपत्यकाका स्थानीय तह बढी सक्रिय हुनुपर्ने सुझाएपछि मेयर फोरमले यस्तो प्रस्ताव अघि सारेको थियो ।

मेयर फोरमले उक्त प्रस्ताव अघि बढाएको दुई साता बितिसकेको छ । तर प्रस्तावअनुसार अहिलेसम्म एउटा मात्रै आइसोलेसन सेन्टर स्थापना भएको छ ।

अहिले पनि उपत्यकाको संक्रमणदरमा खासै कमी आएको छैन । दैनिक २५ सय जना नयाँ संक्रमित थपिरहेका छन् । प्रायः संक्रमितहरू होम आइसोलेसनमै बसेका छन् । उपत्यकाका स्थापित आइसोलेसन पनि सामाजिक संस्थाको सहयोगले सञ्चालन हुँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउन प्रस्ताव अगाडि बढाएको फोरमले कामलाई तीव्रता दिन सकेको छैन । काठमाडौं उपत्यकाका १८ ओटा नगरपालिकाको लागतमा चार स्थानमा ठूला आइसोलेसन निर्माण गर्न लागिएको छ । जुन आइसोलेसनमा एक हजार कोरोना संक्रमितलाई राख्न सकिने फोरमको भनाइ छ । 

नागार्जुन नगरपालिकाको सितापाइलामा रहेको सहरी विकास विभागको भवन, भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवन र चन्द्रागिरि नगरपालिकाको दहचोकमा आइसोलेसन केन्द्र स्थापना गरिनेछ । 

Global Ime bank

गत शुक्रबारदेखि टोखा नगरपालिकाको सामाखुसी राधास्वामीको भवनमा निर्माण गरिएको एकीकृत आइसोलेसन सेन्टर सञ्चालनमा आइसकेको छ । 

उपत्यका मेयर फोरमका सचिव एवम मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठकाअनुसार उपत्यकाका १८ वटै नगरको पायक पर्ने चार स्थानमा ठूला आइसोलेसन सञ्चालन गर्न लागिएको बताए । 

‘‘एकैचोटी संयुक्त लागतमा ठूला आइसोलेसन सेन्टर स्थापना गर्दा साना आइसोलेसनमा खर्च गरिरहन पर्दैन । एकैचोटी आइसोलेसन सेन्टर स्थापना गर्दा आवश्यक सामग्रीको व्यवस्थापन गरी निर्माण कार्य गर्दा सहज हुन्छ,” उनले भने, ‘‘स–साना आइसोलेसन सेन्टर बनाएर संक्रमितलाई राख्दा स्रोत साधनको व्यवस्थापन गर्न असहज हुन्छ । त्यसैले जनशक्तिसहित स्वास्थ्य सामग्रीको व्यवस्थापनमा सहज हुने भएकाले मेयर फोरमको संयुक्त लागतमा आइसोलेनस सेन्टर स्थापना गर्न लागेका हौँ ।”

मेयर फोरमकाअनुसार आइसोलेसन सेन्टर स्थापना गर्न काठमाडौं महानगरपालिकाले ३४ प्रतिशत लागत व्यहोर्ने छ । यस्तै ललितपुर महानगरपालिकाले १६ प्रतिशत लागत व्यहोर्नेछ । अरू बाँकी १६ ओटा नगरपालिकाले ५० प्रतिशत लागत व्यहोर्नेछन् । यस्तै व्यवस्थापनको कार्यमा भने नेपाली सेना, नेपाल प्रहरी र नेपाल सरकारसँग सहकार्य गरिने फोरमले जनाएको छ । 

उपत्यका मेयर फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यसबाहेक उपत्यकाका सबै नगरपालिकामा ससाना आइसोलेसन सेन्टर निर्माण भएको बताए । ‘‘थोरै शैयाका आइसोलेसन सेन्टर हामीसँग छँदैछन्,” मेयर महर्जनले भने, ‘‘साझा र ठूला आइसोलेसन नभएकाले एकीकृत रूपमा आइसोलेसन सेन्टर बनाउने प्रस्ताव अगाडि बढाएका हौँ ।”

मेयर महर्जनकाअनुसार अहिले आइसोलेसन सञ्चालन गर्न चाहिने सामग्री, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री तयारी गर्ने योजनामा रहेको जानकारी दिए । ‘‘उपत्यकाको संक्रमणदर स्थिर छ । यसका लागि जतिसक्दो छिटो हामी आइसोलेसन सेन्टर सञ्चालन गर्ने गरी तयारी थालेका छौँ । यसबाहेक संक्रमण रोकथाम भइसकेपछि पनि अन्य प्रयोजनका लागि पनि सञ्चालन गर्न सकिनेछ । यसका लागि आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनतिर मेयर फोरम जुटेको छ,” उनले भने । 

काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष एवम् काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य उपत्यकामा धेरै संक्रमित रहेकाले एकीकृत आइसोलेसन सेन्टर निर्माण गर्न लागिएको बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अनुसारका साना शैयाका आइसोलेसन सञ्चालन सेन्टर गर्दा स्वास्थ्य सामग्री र जनशक्तिको अभाव हुने भएकाले एकीकृत आइसोलेसन केन्द्र बनाउन लागिएको उनको भनाइ छ ।

“देशभर एकलाखभन्दा बढी सक्रिय संक्रमित छन्,” मेयर शाक्यले भने, ‘‘देशभरको सक्रिय संक्रमितको संख्याको  आधाभन्दा धेरै काठमाडौं उपत्यकामै छन् । त्यसैले उपत्यका मेयर फोरमले बढी क्षमताको आइसोलेसन केन्द्र स्थापना गर्न लागेको हो ।”

अहिले आइसोलेसन सेन्टर स्थापनाका लागि स्वास्थ्य सामग्री र चिकित्सक जनशक्तिको व्यवस्थापनमा जुटेको मेयर फोरमले जनाएको छ ।  

प्रतीकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement