site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६८ लाखसहित काठमाडौंबाट चारजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्रोत नखुलेको नगद ६८ लाख रुपैयाँसहित चारजनालाई मंगलबार (हिजो) राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९, सिनामंगल शम्भुमार्गस्थित सडकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२, दोभानपुलका ४६ वर्षीय राजकुमार माली, काठमाडौं–१०, नयाँ बानेश्वरका १८ वर्षीय एक किशोर, काठमाडौं–७, शान्तिगोरेटोमा बस्दै आएका झापाको अर्जुनधारा नगरपालिका–७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापाकै बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय युवराज सुवेदी छन् ।

प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

६ लाखसहित पक्राउ
उता, स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, नौडिहवाबाट भारतको महराजगन्ज, सुनौलीका ४८ वर्षीय डिम्पल भनिने अंगदकुमार गुप्तालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो लु८८प ५१६० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro