site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
गाउँ–बस्तीमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने कार्यको थालनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्रोडब्यान्ड इन्टरनेट सेवालाई हरेक गाउँ–बस्तीमा पुर्‍याउने कार्यको थालनी गरिएको छ । डिजिटल नेपाल अभियानअन्तर्गत स्मार्ट जिल्लाहरु निर्माण गर्दै जाने लक्ष्यानुरुप स्थानीय तहहरुको समन्वयमा बस्ती–बस्तीमा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने कार्यको थालनी गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को गएको माघ २९ गतेको बैठकले उक्त कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाबाहेकका ७४ जिल्लाहरुका सबै सामुदायिक आधारभूत विद्यालयहरुमा इन्टरनेट सेवाको पहुँच पुर्‍याइने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै, यसअगाडि भिन्न प्रविधिमार्फत इन्टरनेट सेवा पुगेका भूकम्पप्रभावित जिल्लाहरुमा समेत यसअगाडि जडान गरिएको इन्टरनेटको क्षमता वृद्धि गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने प्राधिकरणले जनाएको छ ।

पहिलो चरणको कार्यक्रममा २०७२ सालको भूकम्पबाट अति प्रभावित आठ जिल्लाहरु काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, ओखलढुंगा र रामेछापका हरेक गाउँ–बस्तीका सरकारी सेवा केन्द्रहमा फाइबरलाइन विस्तार गरी इन्टरनेट सेवाको पूर्वाधारण पुर्‍याउने अभियान पनि सुरु गरिएको छ । उक्त आठ जिल्लाका ७६ वटा स्थानीय तहहरुसँग सहकार्य गरी काम अगाडि बढाउन स्थानीय तहहरुसँग सम्झौता गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

Global Ime bank

नेपालका सहरी र ग्रामीण इलाकाहरुमा देखिएको डिजिटल डिभाइडको खाडल पुर्न सम्झौता गरेको मितिले तीन महिनाभित्र स्थानीय तहका सबै सरकारी सेवा केन्द्रहरुसम्म ब्रोडब्यान्ड सेवाको पहुँच पुर्‍याउने गरी उक्त कार्यक्रम ल्याइएको प्राधिकरणले जनाएको छ ।

यस कार्यक्रमअन्तर्गत इन्टरनेट सेवाको क्षमता अभिवृद्धि गर्ने गरी सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक स्वास्थ्य संस्था तथा सामुदायिक माध्यमिक विद्यालयहरुमा न्यूनतम २० एमबीपीएसको ननडेडिकेटेड इन्टरनेट सेवा उपलब्ध गराइनेछ । उक्त सेवा जडान भएको दुई वर्षसम्म निःशुल्क रुपमा सेवा उपलब्ध गराइने जनाइएको छ ।

त्यसपछिका वर्षहरुमा उक्त संस्थाहरु आफैँले नवीकरण गरी नियमित रुपले सेवा सञ्चालनमा ल्याउनुपर्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC