site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
चार ठाउँमा सांसदको हस्ताक्षर संकलन गर्दै विपक्षी दल
SkywellSkywell

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजान विपक्षी दलहरुले चार ठाउँमा सांसदहरुको हस्ताक्षर संकल गरिरहेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत शुक्रबार मध्यरातमा गरेको संसद विघटन असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसहित विघटन विरुद्ध रहेको नेकपा माओवादी केन्द्र तथा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादीको उपेन्द्र–बाबुराम पक्षले आ–आफ्ना सांसदहको हस्ताक्षर संकलन गरेका हुन् । 

उनीहरुले आ–आफ्ना दलका तर्फबाट हस्ताक्षर संकलन गरी नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जम्मा हुने तयारी गरेका छन् । ल्होत्से हलमा जम्मा भएपछि विपक्षी गठबन्धनका नेताहरु संयुक्त रुपमै रिट लिएर अदालत पुग्ने तयारी गरेका छन् । 

Dabur Nepal
NIC Asia

गत पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको संसद सर्वोच्च अदालतको आदेशबाट फागुन ११ मा पुनस्र्थापित भएको थियो । त्यसयता पनि संसदले काम गर्न नसक्ने भन्दै एउटा पनि विधेयक संसदलाई नदिएका प्रधानमन्त्रीले संसदका बैठक छलेर अध्यादेशबाट शासन गर्ने प्रयत्न गर्दै आएका थिए । 

शुक्रबार विहान पत्रकार सम्मेलन गरेर संसदबाट विश्वासको मत नपाउने सुनिश्चित भएकाले वैकल्पिक सरकारका लागि मार्गप्रशस्त गरेको बताएका प्रधानमन्त्रीले अपरान्हसम्म आफूसँग १५३ सांसदसहितको बहुमत रहेको निवेदन लिएर राष्ट्रपति निवास पुगेका थिए । विपक्षी गठबन्धनको तर्फबाट १४९ सांसदको हस्ताक्षर लिएर कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको दावी गरे पनि राष्ट्रपति भण्डारीले दुबै दावी अस्वीकृत भएको भन्दै विज्ञप्ति जारी गरेकी थिइन् । त्यसलगत्तै मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार मध्यरातमा संसद विघटन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro