site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ निर्माण समिति गठन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्न समिति गठन गरिएको छ ।

कोभिडसँगै अन्य धेरै प्रकारका बिरामीलाई दीर्घकालसम्म पनि अक्सिजनको आवश्यकता पर्ने भएकाले यसको दिगो व्यवस्थापनका लागि अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । यसको लागि बतास फाउन्डेसनले अभियान नै सञ्चालन गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फाउन्डेसनको अग्रसरतामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि हालसम्म उत्साहजनक रुपमा अर्थ संकलन भइरहेको जनाइएको छ । बतास फाउन्डेसनले २५ लाख रुपैयाँ बीउ पुँजी राखेर सुरु गरेको यस अभियानमा हालसम्म तीन करोड ३३ लाख ६९ हजार ५१ रुपैयाँ रकमको प्रतिबद्धता प्राप्त भइ नगद एक करोड ५१ लाख ७ हजार ६४ ग्लोबल आईएमई बैंकको बैंक खाता नम्बर ६५०१०१००००४७७ मा जम्मा भइसकेको फाउन्डेसनले जनाएको छ । सबै जनस्तरबाट सहभागी र अपनत्व महसुस हुन सकोस् भनि ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने मूलमन्त्रसहित यो महाअभियान सुरु गरिएको बतास फाउन्डेसनका अध्यक्ष आनन्द बतासले बताए ।

प्रतिदिन १५० सिलिन्डर अक्सिज उत्पादन क्षमताको प्लान्ट स्थापनाको लागि र थप स्वास्थ्य सामग्रीको लागि करिब पाँच करोड लागत अनुमान गरिएको छ ।

Global Ime bank

फाउन्डेसनको अगुवाइमा भइरहेको यस अभियानलाई सफल बनाउन तथा यसका सबै गतिविधिलाई पारदर्शी एवं विधिसम्मत ढंगले अगाडि बढाउन एक तदर्थ समिति गठन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित समितिको संरक्षकमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी रहेका छन् भने संयोजकमा बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास रहेका छन् ।

समितिको कोषाध्यक्षमा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्व पालिखे, एभरेष्ट एफएमका दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना तथा सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशीलमान प्रधानांग रहेका छन् ।

समितिले थप सहयोग रकम जुटाउने तथा अक्सिजन प्लान्टका लागि कम्पनी (भेन्डर) छनोट गर्ने एवं प्लान्ट स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरणलगायत काम द्रुतमार्गबाट पारदर्शी रुपमा गरिने बतासले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय