काठमाडौं । नेकपा (एमाले)को निर्वाचन परिचालन कमिटी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नका लागि बालुवाटार जाने भएको छ ।
यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका उमेदवार तथा गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’लाई चुनाव जिताउने छलफलका लागि कमिटी सदस्यहरु प्रधानमन्त्रीलाई भेट्न जान लागेका हुन् ।
निर्वाचन कमिटीको संयोजकमा कृष्णगोपाल श्रेष्ठ रहेका छन् । कमिटीमा एमालेका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल नेताहरु कृष्ण राई, गोकुल बाँस्कोटा, मनोज थापालगायत छन् । अहिले उनीहरुको सिंहदरबारमा छलफल भइरहेको छ । त्यसपछि जान लागको एक नेताले जानकारी दिए । बालुवाटारमा हुने छलफलमा ओली पक्षबाट कार्यदलमा रहेका सदस्यहरु पनि सहभागी हुने ती सदस्यको भनाइ छ ।
बादलले चुनाव जित्ने ती सदस्यको दाबी छ । बादलले आजै मात्र नेता माधवकुमार नेपाललाई भेटेका थिए । ओली पक्ष नेपाल पक्षलाई बादललाई नै भोट हाल्ने अवस्था बनाउन लागिपरेको नेताहरु बताउँछन् ।