काठमाडौं । गायक/लेखक तथा अभिनेत्री प्रियका चोपडाका श्रीमान निक जोनस सोमबार ‘द भ्वाइस’को मञ्चमा फर्किएका छन् । आफ्नो नयाँ अनि गोप्य प्राजेक्टको छायांकनमा रहेका उनी मे १५ मा सेटमा घाइते भएका थिए । त्यसपश्चात उनलाई राति नै स्थानीय अस्पताल लगिएको थियो ।
सेटमा बाइकबाट लडेर उनको रिब (करंग) भाँचिएको छ भने अरु केही चोटपटक लागेको छ । निको नहुँदै अस्पतालबाट फर्किएका निक सोमबार (मे १८ं) भएको द भ्वाइसको छायांकनमा फर्किएका छन् । उनी यस वर्षको भ्वाइसको निर्णायक मध्ये एक हुन् । द भ्वाइको छायांकनका क्रममा शो का होस्ट कारसन ड्यालीले उनको स्वास्थ्य अवस्थाको बारेमा सोधे । जसको जवाफमा निक भन्छन्, “म ठिकै छु । म राम्रो भएको छु, तर म ठिकै गर्दैछु । बाइकबाट खसेर मेरो रिब क्रयाक भएको छ र अरु सामान्य चोटपटक लागेको छ ।” उनले ठट्यौली भावमा अझै दुखिरहेकाले अर्का निर्णायक ब्लेकलाई धेरै नहसाउन पनि आग्रह गरे ।
गायक जोनलसले हालै ‘स्पेसम्यान’ नामक स्टुडियो एल्बम सार्वजनिक गरेका छन् । अभिनेताको रुपमा उनी चलचित्र जुमान्जीः वेलकम टु द जंगल, मिडवे र केओस वाल्किङमा काम गरिसकेका छन् । उनी सन् २०२१ को बिलबोर्ड म्युजिक अवार्ड होस्ट गर्दैछन् ।
बलिउड हंगामा