देश

काठमाडौं । कोभिड–१९ को संक्रमणका कारण भक्तपुरमा आज एकैदिन १० जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए ।
सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।
दाङमा भने कोरोनाका कारण आज नौजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीन/तीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एक/एकजनाको मृत्यु भएको कोरोना स्रोत व्यक्ति कमल चन्दले बताए । रासस
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८ २१:४३
प्रतिक्रिया दिनुहोस्