अर्थ व्यवसाय
दाङ । यस वर्ष रुकुम पश्चिममा आलु खेती फस्टाएको छ । आलु खेतीका लागि चाहिने पानी समयमै परेकोले उत्पादनमा वृद्धि हुने जनाइएको छ ।
गत वर्ष डढुवा रोग र खडेरीले राम्रो उत्पादन हुन नसकेको आलु खेती यस वर्ष भने कुनै समस्या नआएको कृषकको भनाइ छ । जिल्लाका सोलाबाङ, बाफिकोट, आठबिसकोट, चौरजहारी, खोलागाउँलगायतमा आलु खेतीमा सुधार देखिएको छ ।
फागुनमा लगाएको आलु वैशाखमा पानी परेपछि राम्रो चिस्यान र मल पुगेको हो । जिल्लाको करिब १६७ हेक्टर जमिनमा लगाइएको आलुले जिल्लाको मागको करिब ७५ प्रतिशत ओगटेको छ । आलु खेती राम्रो हुने देखिएपछि रुकुम पश्चिमका कृषकहरु खुसी भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ १४:२५
प्रतिक्रिया दिनुहोस्