site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिने
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिने भएका छन् ।

पार्टीभित्रको विवाद समाधान गर्न कार्यदल बन्ने प्रक्रियामा रहेकाले आजै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट मन्त्री बन्ने सम्भावना नरहेको बालुवाटार स्रोतले बतायो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जनता समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतो समूहले पनि माग पूरा नभएसम्म सरकारमा सहभागी हुनेबारे सोच नबनाएको बुझिएको छ ।

त्यस्लै, मन्त्रिपरिषद्मा अधिकांश पुरानै अनुहार दोहोरिने सम्भावना रहेको स्रोतले बतायो । “प्रधानमन्त्रीले पुरानै समूह दोहोर्‍याउँछु भन्नुभएको छ । नयाँ पर्दैनन् होला,” एक नेताले भने ।

प्रधानमन्त्री ओलीले आजै दिउँसो २ः३० बजे शपथग्रहणको तयारी गरेका छन् । उनले संविधानको धारा ७६(३)अन्तर्गत शपथ लिन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिन लागेका छन् । उनले २०७२ असोज २५ गते पहिलोपटक र २०७४ फागुन ३ गते दोस्रोपटक शपथ लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro