site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ललितपुरलाई हराउँदै काठमाडौं एनएसएलकाे फाइनलमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो प्लेअफमा एफसी धनगढीसँग पराजित भएको काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गरको हो ।

Agni Group

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे ।

खेलको खेलको १५ औँ मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।

Global Ime bank

खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । ६० औँ मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३–० को जित दिलाए । 

काठमाडौंले अब उपाधिका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ ।

धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २–१ गोल अन्तरले हराएर फाइनल पुगेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC