site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निषेधाज्ञामा बिहे भोज खुवाउने बेहुला पक्राउ
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement

पर्वत । जलजला गाउँपालिका–२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट  जलजला–२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । 

मंगलबार बिहे गरेका दुई  जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र  २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा  कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०/४०  गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए । 

प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC