site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सांसद थापालाई मनाउन अन्तिम कसरत गर्दै जनमोर्चा
Ghorahi CementGhorahi Cement

पोखरा । प्रदेश प्रमुखले गत आइतवार नयाँ सरकार गठनको लागि आह्वान गरेको तीन दिने समयसीमा आज अपरान्ह ४ बजे सकिँदैछ । बहुमत सांसदको हस्ताक्षर लगेर बुझाउन सकेको खण्डमा सत्तारुढ वा विपक्षी दुवैले संविधानको धारा १६८ (२) अनुसारको सरकार बनाउन सक्छन् ।

प्रदेशसभामा ६० सदस्य रहेको गण्डकीमा सत्तारुढ एमालेसँग एक्लै २७ र स्वतन्त्र एक गरि २८ सांसदको समर्थन छ । विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुख बाहेक), जनता समाजवादीका २ गरि २८ जना नै सांसद छन् ।

सरकार बनाउन चाहिने ३१ सांसद दुवैपक्षसँग छैनन् । यसकारण ३ सांसद रहेको जनमोर्चाको झुकाव जता हुन्छ, सरकार त्यसैको बन्छ ।

Agni Group

जनमोर्चाको केन्द्रीय निर्णय चाहिँ विपक्षी गबठन्धनको सरकार बनाउन हस्ताक्षर गर्ने भन्ने छ । त्यसको लागि जनमोर्चाका सचेतक पियारी थापाले सोमबार ह्विप पनि जारी गरेकी थिइन् ।

तर, दलका नेता कृष्ण थापाले मंगलबार ह्विप नमान्ने र विपक्षी गठबन्धनको सरकार बनाउन कुनै हालतमा हस्ताक्षर नगर्ने बताएका छन् । कांग्रेसको सरकार अझ २० वर्ष आउन नहुने उनको तर्क छ । मंगलबार उनको हस्ताक्षर लिन गएका जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र गण्डकी प्रदेश अध्यक्ष शंकर बराललाई उनले ‘मनले मानेन’ भन्दै रित्तो हात फर्काएका थिए ।

Global Ime bank

पार्टीको ह्विप र निर्णय विपरित गएको भन्दै उनलाई कारवाहीको चेतावनी पनि आइसकेको छ ।  तर, कारवाही भोग्न तयार रहेको उनले बताएका छन् ।

आज ४ बजेसम्मको समयसीमा भित्र यदि उनले पार्टी निर्णयविपरित हस्ताक्षर नगर्ने अडानमा कायम रहे भने नयाँ सरकारको नेतृत्व लिन तयार रहेको कांग्रेससहितका गठबन्धनको बहुमत पुग्दैन ।

त्यसकारण, महासचिव भट्ट अहिले पनि सांसद थापालाई मनाउने अन्तिम कसरतमा लागिपरको छन् । समय बाँकी रहेको हुँदा अहिले नै थापामाथि कारवाहीको प्रक्रिया भने सुरु नभएको उनले बताए ।

बाह्रखरीसँगको फोन संवादमा उनले भने, “कारवाही केही गर्ने कुरा नै भएको छैन, उहाँ हस्ताक्षर गर्न तयार हुनुहुन्छ ।”

सांसद थापाले हस्ताक्षर गर्ने र २ बजेभित्रै प्रदेश प्रमुखको कार्यालयमा लगेर बुझाइने उनले बताए ।

“मसँग उहाँले हस्ताक्षर गर्छु भन्नुभएकै छ । चार बजेको समयसीमा हो, तर प्रक्रिया पूरा गर्न २ बजे नै प्रदेश प्रमुखको कार्यालयमा जान्छौँ । बाँकी दुईजना सांसदको हस्ताक्षर भइसकेको छ, उहाँले अहिले आउँछु भन्नुभएको छ,” उनले भने ।

यदि, समयसीमा सकियो र उनले हस्ताक्षर गर्न नमानेन् मात्रै कारवाही प्रक्रिया अगाडि बढ्ने जनमोर्चा प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।

उनले हस्ताक्षर नगरेको खण्डमा १६८ (३) अनुसार ठूलो दलको हैसियमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिने छन् ।

तर, उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यदि, जनमोर्चाले आफ्ना सांसदलाई कारवाही गरेको खण्डमा सांसदको संख्या ५९ मा झर्छ । ३० को बहुमत पुग्छ । त्यतिबेला गुरुङले आफ्नो पक्षमा ३० सांसद जुटउनुपर्ने हुन्छ । विपक्षी गठबन्धन कायमै रहेको खण्डमा बहुमत विपक्षमा पुग्ने हुँदा उनले विश्वासको मत पाउने सम्भावना न्यून रहन्छ ।

जनमोर्चा सांसद भन्छन् : अझै २० वर्ष कांग्रेसको हालत खराब गर्नुपर्छ भनेर ह्विप उलङ्घन गरेको हुँ

पार्टीले नेता बनाएपछि बिक्री हुने सांसदलाई कारबाही हुन्छ : चित्रबहादुर केसी

गण्डकीमा विपक्षी गठबन्धनको सरकार नबन्ने संकेत

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC