site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार आशाअनुसार चल्न सकेन, रविको बारेमा अहिले बोल्न मिल्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशाअनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग थापाले सरकारको गठनको उद्देश्यअनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताए ।

थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामबारे प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राखे । "सरकार बनिसकेपछि जुन खालको आशा थियो, ती आशा अनुरूप जसरी डेलिभरी हुनुपर्ने हो त्यो डेलिभरी हुन सकेको छैन," उनले भने ।

रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले आफूले यसबारे कुनै टीकाटिप्पणी नगर्ने उनको भनाइ छ ।

"अहिले सम्मनित अदालतमा छलफल भएको विषयमा, जुन विषय अदालतमा छ, अदालतको विषय तपाईंको च्यानलमा गएर, सडकमा वा कतै पनि गएर मैले बोल्ने कुरा, टिप्पणी गर्ने कुरा न्यायिक निरूपणलाई प्रभावित गर्ने कुरा हुन्छ । तपाईंले मलाई ५० पटक सोध्नुभयो भने पनि मेरो उत्तर यही नै हुन्छ," थापाले भने ।

त्यसअघि उपन्यास विमोचन कार्यक्रममा थापाले कांग्रेसका नेताहरूको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रित भएको बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro